तमु धीं यूके आमा समूहद्वारा बालगृहका लागि १ लाख ९० हजार सहयोग

SHARE:

काठमाडौं ९ फेब्रुअरी २०२६ । तमु धीं यूके आमा समूहले फेदीखोला गाउँपालिका-१ स्याङ्जास्थित अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको छ ।

आमा समूहका प्रतिनिधिहरु सोमबार ९ फेब्रुअरीमा बालगृहमै पुगेर केही खाद्यान्नसहित नगद हस्तान्तरण गरिएको हो । टोलीमा सहभागी समाजसेवी कविता गुरुङका अनुसार तमु धीं यूके आमा समूहबाट १ लाख रुपैयाँ र दिदीबहिनीहरुको तर्फबाट संकलित ९० हजार रुपैयाँ बालगृह सञ्चालिका तथा अध्यक्ष कमला पराजुलीलाई हस्तान्तरण गरिएको हो ।

यशोदा गुरुङको संयोजकत्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रमका लागि तमु धीं यूके आमा समूहकी सहकोषाध्यक्ष ध्रुवा गुरुङ, तमु धीं यूकेका सल्लाहकार विनोद गुरुङ, सदस्य मनदेवी गुरुङ, रुपा गुरुङ, सामाजिक अभियन्ता कविता गुरुङ, माइला कान्छा सहयोग अभियान बेलायतकी अभियन्ता माया गुरुङ (कान्छा), दिदीको लन्डनकी प्रोपाइटर निर्मला गुरुङ, यशोदा गुरुङलगायत बालगृहमै पुगेका थिए ।

कार्यक्रम बालगृहकी सचिव प्रतिमा गुरूङले सञ्चालन गरेकी थिइन् ।

तमु धीं यूके आमा समूहले गत वर्ष सोही बालगृहमा १ लाख ६० हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको थियो । अक्षय कोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष बालगृहका उत्कृष्ट विद्यार्थीलाई तमु धीं यूके आमा समूहको नाममा पुरस्कार दिइने छ ।

समारोहमा उपस्थित सम्पूर्ण तमु धी यूकेका सदस्य, शुभचिन्तकहरूलाई तमु धीं यूकेले धेरै धन्यवाद व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!