लन्डन १३ फेब्रुअरी २०२६ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले नेपाल सरकार र दूतावासको ध्यानाकर्षणका लागि नेपाली दूतावासमा ज्ञापन पत्र र अनुरोध पत्र बुझाएको महासचिव फ्रम दुराले जानकारी दिएका छन् ।
उक्त मागपत्रहरुमा समावेशिता, संवैधानिक अधिकार तथा विदेशस्थित नेपाली समुदायसम्बन्धी ध्यानाकर्षण र बेलायतस्थित नेपाली समुदाय सम्बन्धी विषयहरूमा सहकार्य तथा पहलका लागि अनुरोध भन्ने बिषयहरुमा बिभिन्न बुँदाहरु समेटिएको छ।
नेफिन यूकेले विज्ञप्ति जारी गर्दै आदिवासी पृ्ष्ठभूमिका राजदूत नियुक्त, गहना निर्माण (सुनचाँदी कारीगर) तथा भन्सार छुट सुविधाका लागि पहल गरिदिन, ज्येष्ठ नागरिकका लागि घुम्ती कन्सुलर सेवाको व्यवस्था गर्न माग गरेको हो ।
नेफिन यूकेले ५ मार्च २०२६ (फाल्गुन २१ गते २०८२) मा निर्धारित आगामी निर्वाचन निष्पक्ष, सुरक्षित र सफलतापूर्वक सम्पन्न होस् भन्ने विषयमा पनि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्र बुझाउन नेफिन युकेका अध्यक्ष मेजर योगेश कुमार कोयी राई, महासचिब फ्रम बहादुर दुर। सल्लाहकार भक्त बहादुर दुरा र सुनचादी व्यवसायी सुमन राइ दूतावासमा उपस्थित भएका थिए।





