ग्रेटर रसमोर नेपाली कम्युनिटीद्वारा अन्तर्राष्ट्रिय महिला दिवस र नयाँ वर्ष मनाउने निर्णय

SHARE:

बेलायत। ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) युकेले आगामी ७ मार्च २०२६ शनिबारका दिन “अन्तर्राष्ट्रिय महिला दिवस २०२६” भव्य रूपमा मनाउने निर्णय गरेको छ। गत ७ फेब्रुअरी २०२६ मा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गर्नुका साथै आगामी १२ अप्रिलमा “नेपाली नयाँ वर्ष” समेत मनाउने तय गरेको छ।

जिम्मेवारी बाँडफाँट:

महिला दिवस कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाकी उपाध्यक्ष अनिता राईलाई मूल संयोजक र प्रोजेक्ट म्यानेजर सुशिला थापा मगरलाई उप-संयोजकको जिम्मेवारी सुम्पिएको छ। संयोजक राईले संस्थाका अध्यक्ष, पदाधिकारी, ट्रस्टी, संस्थापक, पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यहरूलाई कार्यक्रम सफल पार्न सक्रिय सहयोगका लागि हार्दिक अपिल गरेकी छिन्।

निःशुल्क प्रवेश र सहभागिता:

संस्थाकी अध्यक्ष लिला सेलिङ मावोका अनुसार कार्यक्रममा सहभागी हुनका लागि कुनै प्रवेश शुल्क लाग्ने छैन। उनले सम्पूर्ण आमा, दिदीबहिनी तथा नानीहरूलाई उल्लेख्य उपस्थिति जनाई कार्यक्रमको शोभा बढाइदिन विनम्र अनुरोध गरेकी छिन्।

सहयोगका लागि आह्वान:

कार्यक्रम व्यवस्थापनका लागि इच्छुक महानुभावहरूलाई आफ्नो इच्छाअनुसार स्वैच्छिक स्पोन्सर (सहयोग) उपलब्ध गराइदिन आग्रह गरिएको छ। सहयोग गर्ने दाताहरूको नामावली क्रमशः सार्वजनिक गरिने संयोजक राईले जानकारी दिइन्। नगद सहयोग गर्न चाहने महानुभावहरूले संस्थाको आधिकारिक बैंक खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!