शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसट बेलायतमा भव्य रुपमा मनाइयो महाशिवरात्री २०२६

SHARE:

लन्डन १७ फेब्रुअरी २०२६ । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसट बेलायतमा महाशिवरात्री २०२६ भव्य रुपमा मनाइएको छ ।

१५ फेब्रुअरीमा अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी शिव मन्दिरमा महाशिवरात्री मनाइएको हो ।

अध्यक्ष हरि भट्टराईले महाशिवरात्रि २०२६ को भव्य तथा सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।

‘भगवान शिवलाई समर्पित यो पवित्र पर्व अत्यन्त श्रद्धा, भक्ति र एकताका साथ सम्पन्न भयो । महाशिवरात्रि पूजा तथा समापन कार्यक्रमको सफलतामा कार्यसमिति सदस्यहरू, संरक्षकज्यूहरू, ट्रस्टीज्यूहरू, भोजन तयारी टोली, भजन टोली, प्रायोजकज्यूहरू तथा सम्पूर्ण स्वयंसेवकहरूको अमूल्य योगदान रहेको छ,’ अध्यक्ष भट्टराईले भने, ‘यहाँहरू सबैको निस्वार्थ सेवा, समर्पण र सहयोगले कार्यक्रम अत्यन्त सफल, अनुशासित र आध्यात्मिक रूपमा प्रेरणादायी बन्न सफल भयो । विशेष धन्यवाद पण्डित मधुसुदन सत्याल,राजकुमार धिताललगायत सम्पूर्ण भजन टोली, भक्तजनहरू तथा श्रद्धालुहरूलाई — यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझै भव्य र पवित्र बनायो ।’

भगवान शिवले सबैलाई सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्रदान गरून् भन्ने अध्यक्ष भट्टराईले कामना गरेका छन् ।

कार्यक्रममा कार्यसमितिकी उपाध्यक्ष सुष्मा गुरुङ, महासचिव निरज तिवारी, कोषाध्यक्ष किशोर गुरुङ, सहकोषाध्य शर्मिला गुरुङ, कल्चरल सेक्रेटरी रुपेश काफ्ले, गौतम, सपन प्रधान, अनिता गुरुङ, विष्णु थापा (भोजन संयोजक), रुपेश बासकोटी, सुनिल तिमिल्सिना, सुनिल तिमिल्सिना, सुरभा रावल, पण्डित पवन ढकाल, क्याप्टेन विष्णु श्रेष्ठ, नारायण गिरी, युवराज खत्रीलगायतले भूमिका खेलेका थिए ।

यस्तै पूर्वअध्यक्ष वीरविक्रम भट्टराई,रोहित गुरुङ, शेरबहादुर सुनार, पुरन गिरी, ट्रस्टी सुभास कायस्थ, जीवनारायण बेल्वासे छन् ।

खाना (भोजन) तयारीमा बिमला भट्टराई, पवित्रा भट्टराई, अम्बिका गुरुङ, रिता गुरुङ, रिता क्षेत्री, गंगा गुरुङ, सरिता गुरुङ, पुर्ण महर्जन, कृष्ण पुन, सरस्वती तिवारी, सुष्मा प्रधान, मुना श्रेष्ठ, सुशीला पौडेल, सुजिता कायस्थ, कादमबेरी, प्रेमा गुरुङ, शान्त गुरुङ थिए ।

महाशिवरात्री कार्यक्रममा उदय कुँवर, मुक्तिजंग गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, गंगा अधिकारी, पहलमान गुरुङ तथा परिवारले विभिन्न भूमिका निमाए ।

पूजा फूलका लागि डेभियाना, मिक्स अचार सपन प्रधान, सेलरोटी अप्सरा गुरुङ, अन्जु शाही, पानी प्रायोजन प्रेमा गुरुङ र सीता गुरुङ गरेका थिए । यस्तै श्रीदेवी, रिता (अजय) क्षेत्री, अमृता तुलाचन, प्रिया थापालगायतल विभिन्न सामग्री प्रायोजन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!