मगर संघ युकेद्वारा आयोजित ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न

SHARE:

बेलायत, २१ फेब्रुअरी २०२६ – मगर संघ युकेले बेलायतको अल्डरसटस्थित एम्पायर हलमा ४४औँ मगर दिवस भव्यताका साथ मनाएको छ।

मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् समुद्घाटन गर्नुभएको थियो।

कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, एक मिनेट मौनधारण तथा नेपाल र बेलायतको राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि विपिन दुवाडी, विशेष अतिथि लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा मगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष मेजर योगेश कोयी राई, मगर संघ युकेका पूर्व अध्यक्ष मेजर कुल थापा मगर र मगर महिला संघ युकेकी अध्यक्ष सरला राना मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो।

दोस्रो चरणको कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने करिब एक सय जना मगर व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यसैगरी, मगर संघ युकेले प्रदान गर्ने वार्षिक सम्मानबाट यस वर्ष हाउजिङ सचिव तोप बहादुर पल्ली मगर र युवा संयोजक एवं कलाकार दिपक मैथाने मगर सम्मानित हुनुभएको छ।

तेस्रो चरणको सांस्कृतिक कार्यक्रममा करिब एक हजार जनाको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा संघका १२ वटा शाखाहरू— लन्डन, विनचेस्टर, इस्टली र साउथह्याम्पटन, रिडिङ, वेम्ली मिडलसेक्स, केन्ट, युएचएसबी, वेल्स, प्लमस्टेड, वेस्ट लन्डन, मिडल्याण्ड, स्विन्डन र क्याट्रिकको सहभागिता थियो।

त्यस्तै, ६ वटा भगिनी संगठनहरू: मगर महिला संघ युके, पुन मगर समाज युके, खामभाषी मगर समाज युके, मगर बुद्धिष्ट समाज युके, मगर धनुषबाण समाज युके र मगर युथ युकेले मगर जातिको पहिचान झल्कने मौलिक झाँकी तथा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।

समरण रहोस, पुन मगर समाज युकेका पुख्यौली समुहले प्रमुख अतिथि राजदूत दुवाडीलाई स्वागत गर्नमा प्रमुख भूमिका खेलेका थिए भने सांस्कृतिक कार्यक्रमको संयोजन र संचालन सांस्कृतिक सचिव नुनु पाइजा मगरले गर्नुभएको थियो।

मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु श्रीस मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव गोमन पुन मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली राजदुतावास लण्डनका तेस्रो सचिब झुपलाल पुन मगर, एनआरएन युकेका वरिष्ठ उपाध्यक्ष अतिर्थ बहादुर मल्ल (अनिल), नेपाल गगर संघका सहकोषाध्यक्ष क्याप्टेन निल बहादुर हितान मगर, लेफ्टेनेन्ट कर्नेल टोल खाम्चा मगर, लेफ्टेनेन्ट कर्नेल देबेन्द्र आले मगर र अतिथिहरुमा नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष विमला सेने, नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राई, फोनिज युकेका अध्यक्ष बम सूर्यवंशी मगर, विनेपालीका सम्पादक नरेश खपांगी मगर, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला गुरुङ, तमु प्ये ल्हु संघ युकेका प्रतिनिधि, तमु समाज युकेका अध्यक्ष विन्दु गुरुङ, बिफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर योगराज राई, कुशल संचालिका आशा पुन मगर, एभरेष्ट टाइम्स युकेका प्रवन्ध निर्देशक नगेन्द्रनेम्वाङ, मगर संघ युकेका पुर्व अध्यक्षहरु, संरक्षकहरु, ट्रष्टीहरु सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरुलगायत विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

अन्त्यमा, अध्यक्ष लाल बहादुर पुन (लालु) ले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने प्रमुख अतिथि, अतिथिहरू, विभिन्न शाखा तथा भगिनी संगठनका प्रतिनिधिहरू, कलाकारहरु र सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!