एसियन महिला संघ (आमा) ले अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपले मनायो

SHARE:

बेलायत । गत आइतवार ८ मार्च २०२६ का दिन एसियन महिला संघ (आमा) ले बेलायतको अल्डरसट शहरस्थित दि लाउञ्च रेस्टुरेन्टमा अन्तराष्ट्रिय नारी दिवस भब्यरुपले मनाएका छन्।

उक्त नारी दिवस आमा अध्यक्ष कल्पना गुरुङ, तमु धिं युकेका आमा समुहका अध्यक्ष कमला गुरुङ र जेष्ठ नागरिक उदबिना गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम शुरु गरेका थिए।

नारी दिवसको मुख्य ठिम “गीभ टु गेन” भन्ने नारा मुख्य आकर्षण रहेको थियो। उक्त “गीभ टु गेन” बिषयमा बिभिन्न पेसाहरुमा आवद्ध तथा विज्ञता प्राप्त गरेका महिलाहरुले आ-आफ्नो अनुभब प्रस्तुत गर्नुको साथै अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । अनुभब प्रस्तुत गर्ने तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने महिलाहरुमा ग्रेटर रसमर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ मावो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका पुर्वअध्यक्ष प्रमिला लाबुङ राई र शिब कल्चर मन्दिरका उपाध्यक्ष सुष्मा गुरुङ थिए।

उक्त नारी दिवसमा “नारी अफ द डे” भनेर समाजसेवी कविता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। सो कार्यक्रममा सयपत्री कल्चर समुह र कला आर्ट समुहले आकर्षण नृत्यहरु प्रस्तुत गरेका थिए।

त्यस्तै नारी दिवसमा आमा समुहले राफल ड्र संचालन गरेका थिए। राफल ड्रमा आधा तोला सुन रेबिका श्रेष्ठ, कृतिका गुरुङ र सुष्मिता गिरीले जितिन भने प्रथम पुरुस्कार छड्के तिलहरी जानकी सुनार जितिन्। राफल ड्र वाट मुनाफा भएमा परोपकारी कार्यमा खर्चिने अध्यक्ष गुरुङले जानकारी दिएका छन्

आमा समुहका अध्यक्ष कलपना गुरुङले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि तमु धिं युकेका आमा समुहका अध्यक्ष कमला गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा ग्रेटर रसमर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ मावो, गोर्खा आमा समुहका अध्यक्ष धन माया गुरुङ र जेष्ठ नागरिक उदबिना गुरुङ थिए। नारी दिवसको स्वागत मन्तब्य ललीता गुरुङले दिएका थिए भने औपचारिक कार्यक्रम आमाका पुर्वअध्यक्ष विभा गुरुङले संचालन गरेका थिए।

नारी दिवसको उपलक्षमा प्रमुख अतिथि कमला गुरुङ, विशेष अतिथि धन माया गुरुङले शुभकामना मन्तब्य दिएका थिए भने अध्यक्ष कल्पना गुरुङले कार्यक्रम सम्पन्न गराउनका लागि रातदिन खटिने सदस्यहरु, प्रमुख अतिथि, विशेष अतिथि, जेष्ठ नागरिक र उपस्थित सम्पूर्णलाइ हार्दिक धन्यवाद दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!