एनआरएनको वंशजको नागरिकताको विषय सुनिश्चित गर्न कानुनी पहल शीघ्र अगाडि बढाओस् : प्रमुख संरक्षक गुरुङ

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले एनआरएनको वंशजको नागरिकताको विषय सुनिश्चित गर्न नयाँ बन्ने सरकारले कानुनी पहल शीघ्र अगाडि बढाओस् भन्ने आग्रह गरेका छन् ।

प्रमुख संरक्षक गुरुङले बुधबार जारी गरेको अपिलमा चुनावअघि सार्वजनिक गरिएको वाचापत्र तथा घोषित नीतिअनुसार वंशजको नागरिकता सम्बन्धी विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिएको हो । उनले विश्वभर रहेका लाखौँ नेपाली मूलका सन्ततिहरूको पहिचान, अधिकार र मातृभूमिसँगको सम्बन्ध सुदृढ बनाउन यो विषयलाई अब ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

गुरुङले गैरआवासीय नेपालीसँग सम्बन्धित संस्था, अभियन्ता तथा सरोकारवालाहरूलाई विगतका तिता–मिठा अनुभवलाई पछाडि राख्दै संकीर्ण राजनीतिक प्रभावबाट टाढा रही साझा उद्देश्यका लागि एकजुट हुन आह्वान पनि गरेका छन् । उनका अनुसार विगतमा नेपालका पुराना राजनीतिक दलका सरकारहरूले एनआरएनका माग सुने पनि व्यवहारमा कार्यान्वयन नगरेको गुनासो छ । “अब यस्तो भुलभुलैयामा अल्मलिनु हुँदैन,” उनले भनेका छन् ।

उनले राष्ट्रिय हित, एकता र भावी पुस्ताको अधिकारलाई केन्द्रमा राख्दै नयाँ सरकारसँग सकारात्मक र प्रभावकारी पहल गर्न सबैले संयुक्त रूपमा अभियान चलाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

अपिल जस्ताको तस्तै
प्रिय साथीहरु,
नेपालमा बन्न गइरहेको राष्ट्रिय स्वतन्त्र पापार्टीको नयाँ सरकारले चुनाव अघि पार्टीले सार्वजनिक गरेको चुनावी बाचापत्र तथा पार्टीको घोषित नीतिअनुसार गैरआवासीय नेपाली (NRN) हरूका वंशजको नागरिकता सम्बन्धी विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्दै यसलाई सुनिश्चित गर्न आवश्यक कानुनी पहल शीघ्र अगाडि बढाओस् भन्ने हाम्रो दृढ अपेक्षा र आग्रह रहेको छ। विश्वभर रहेका लाखौँ नेपाली मूलका सन्ततिहरूको पहिचान, अधिकार र मातृभूमिसँगको सम्बन्धलाई मजबुत बनाउने यो महत्वपूर्ण विषयलाई अब ढिलाइ नगरी व्यावहारिक रूपमा कार्यान्वयन गरिनु अत्यन्त आवश्यक छ।

यस सन्दर्भमा, गैरआवासीय नेपालीसँग सम्बन्धित सबै संस्था, अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूलाई विगतका तिता–मिठा अनुभवहरूलाई पछाडि राख्दै, संकीर्ण राजनीतिक प्रभावबाट टाढा रही साझा उद्देश्यका लागि एकजुट हुन हामी हार्दिक आह्वान गर्दछौँ। आजसम्म हामिलाइ नेपालका पुराना दलहरुले चलाउदै आअको सरकारले हामिलाइ झुक्याएका छन। हाम्रे माग सुनेर पनि कार्यान्वयन गरेनन् त्यसैले हालसालैको चुनावमा जनताले उनिहरुलाइ दण्ड दिएकाछन्। अव हामि यस्तो भुलभुलैयामा अल्मलिनु हॅुदैन।राष्ट्रिय हित, एकता र भविष्यका पुस्ताको अधिकारलाई केन्द्रमा राख्दै नेपालमा बन्न गइरहेको नयाँ सरकारसँग सकारात्मक र प्रभावकारी पहल गर्न सबैले संयुक्त रूपमा अभियानमा सक्रिय हुन आजको आवश्यकता हो।
नेपाल र नेपालीपनको साझा भावनालाई सुदृढ बनाउँदै वंशजको नागरिकताको अधिकार सुनिश्चित गर्ने यस महत्वपूर्ण अभियानमा एकताबद्ध भएर अगाडि बढौँ।

डेभिड गुरुङ
NRN UK प्रमुख सरक्षक
लण्डन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!