नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीद्वारा बेलायती मन्त्री सीमा मल्होत्रासँग शिष्टाचार भेट

SHARE:

लन्डन । इण्डो प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रासँग बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले शिष्टाचार भेटघाट गरेका छन् ।

बेलायती विदेश मन्त्रालय (एफसीडीओ)मा हिजो मन्त्री मल्होत्रा र कार्यवहाक राजदूत दुवाडीबीच भेट भएको हो । उनीहरुबीचको भेट बेलायत नेपाल द्विपक्षीय मुद्दा र साझा हितहरूका विषयमा केन्द्रित रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

करिब एक घण्टा लामो भेटघाटमा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, व्यापार, लगानी, जलवायू, सामाजिक आर्थिक विकास आदि मुद्दामा सहयोग र प्राथमिकताबारे कुराकानी भएको कार्यवाहक राजदूत दुवाडीले बताएका छन् ।

टबाट नेपाल र बेलायतबीचको ऐतिहासिक एवं शताब्दीऔं लामो सम्बन्ध अझ सुदृढ बनाउने विश्वास दूतावासले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!