लन्डन । रोयल बोरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) ले बेलायतमा नेपाली नयाँ वर्ष २०८२ मनाउने भएको छ ।
आइतबार, ५ अप्रिल २०२६ का दिन कमनवेल्थ गोर्खा गार्डेनमा नेपाली नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आरबीजीएनएसका अध्यक्ष ह्यारी गुरुङले जानकारी दिए । कार्यक्रम दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, प्रत्यक्ष मनोरञ्जन तथा नेपाली परिकारसहितको खानपानको व्यवस्था गरिनेछ। यस अवसरले बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई एकआपसमा भेटघाट गर्दै नयाँ वर्षलाई उत्साहका साथ मनाउने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
समाजका पूर्वअध्यक्ष, सल्लाहकार, समिति सदस्य, स्थानीय बासिन्दा तथा आसपासका क्षेत्रका नेपाली समुदायलाई परिवार र साथीभाइसँग सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरिएको छ । समाजका अध्यक्ष ह्यारी गुरुङले सबैलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको उत्सवलाई भव्य रूपमा मनाउन अनुरोध गरेका छन् ।
कार्यक्रममा सहभागी हुन संस्थाका पूर्वअध्यक्ष, सल्लाहकार, कार्समिति सदस्यलगायतलाई पनि सूचना पठाइएको छ ।






