तमु धीं यूकेका अध्यक्षसहित नेपालीद्वारा बेलायती सांसदसँग भेटघाट, समुदायका विषयमा छलफल

SHARE:

लन्डन १४ मार्च २०२६ । तमु धीं यूकेका अध्यक्षसहित नेपालीले बेलायती सांसदसँग भेटघा गरेर नेपाली समुदायका विषयमा छलफल गरेका छन् ।

शुक्रबार १३ मार्चमा अल्डरसटमा फारहम एन्ड बोर्डनबाट प्रतिनिधित्व गर्ने सांसद जर्ज स्टाफोर्डसँग भेटघाट गरी बेलायतमा बसोबास गर्ने नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल गरेको तमु धीं यूकेका महासचिव डा.विशाल गुरुङले जानकारी दिए । साथै सोही अवसरमा तमु धीं यूकेले सञ्चालन गर्दै आएको विभिन्न कामहरूबारे पनि जानकारी गराइएको हो ।

‘हाम्रो समुदायको आवाज सुन्न र खुला संवादका लागि समय निकाल्नु भएकोमा उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्ता संवादहरूले नेपाली समुदाय र ब्रिटिश साझेदारहरूबीच अझ मजबुत सहकार्य र समझदारी निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छन्,’ भेटपछि तमु धीं यूकेको फेसबुकमा लेखिएको छ ।

‘नेपाली समुदायले बेलायतमा लामो समयदेखि महत्वपूर्ण योगदान दिँदै आएको छ; गोर्खा सैनिकहरूको गौरवपूर्ण इतिहासदेखि लिएर आज स्वास्थ्य सेवा, व्यवसाय, शिक्षा र सार्वजनिक सेवामा योगदान पुर्‍याइरहेका हजारौँ नेपालीहरूसम्म । हाम्रो समुदाय बढ्दै गएको अवस्थामा, नीति निर्माण तहसँग संवाद बढाउनु, सहकार्यलाई मजबुत बनाउनु र आगामी पुस्ताका लागि अवसर सिर्जना गर्नु अत्यन्त आवश्यक छ।

साँचो एकीकरण तब मात्र सम्भव हुन्छ जब समुदायहरू एकअर्कासँग सहकार्य गर्छन् र प्रगति सबैका लागि लाभदायक हुन्छ,’ तमु धीं यूकेले भनेको छ ।

यस्तै महासचिव डा. विशाल गुरुङले यस्ता संवादहरू नेपाली समुदाय र बेलायती साझेदारहरूबीच अझ बलियो सम्बन्ध निर्माण गर्नका लागि अत्यन्त महत्त्वपूर्ण हुने विश्वा व्यक्त गरे ।

अध्यक्ष जुमकाजी गुरुङले छलफलमा सहभागी हुनु भएका सम्पूर्ण व्यक्तिहरूलाई पनि धन्यवाद दिए । उनले आगामी दिनहरूमा पनि यस्ता संवाद र सहकार्यलाई निरन्तरता दिँदै समुदाय र नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने विश्वास दिलाएका छन् ।

भेटमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, मानर्थ सदस्य एवं एनआरएनएका पूर्वप्रमुख संरक्षक शेरबहादुर सुनार, व्यवसायी सुमन राईलगायतको उपस्थिति थियो ।

तस्बिर : तमु धीं यूके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!