Armed Forces Covenant Community को वार्षिक बैठक फोक्स्टोन नेपाली कम्युनिटीको भवनमा सम्पन्न

SHARE:

बेलायत, ५ मार्च २०२६ । फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले ‘Folkestone and Hythe District Council’ सँगको सहकार्यमा आफ्नो सामुदायिक भवनमा ‘Armed Forces Covenant’ को वार्षिक बैठक भव्य रूपमा आयोजना गरेको छ।

उक्त कार्यक्रममा बेलायतका विभिन्न ठाउँका संस्थाहरूबाट करिब ४० जनाभन्दा बढी प्रतिनिधि, स्थानीय काउन्सिलरहरू तथा ‘Armed Forces Covenant Community’ को हितमा कार्यरत सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा विभिन्न विशिष्ट व्यक्तित्वहरूले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

फोक्स्टोन नेपाली कम्युनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुनले आफ्नो सम्बोधनमा समुदायको महत्त्व, स्थापना र इतिहासबारे प्रकाश पारेका थिए। उनले नेपाली संस्कृति प्रवद्र्धनमा भइरहेका कार्यहरू, भूतपूर्व गोर्खाहरू र तिनका परिवारलाई समुदायले पुर्‍याउँदै आएको सहयोग तथा गोर्खाहरूले बेलायतका लागि दिएको अतुलनीय योगदान र गौरवशाली इतिहासबारे चर्चा गरे। साथै, नेपाली समाजले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा उनले प्रस्तुत गरेको संक्षिप्त परिचयलाई उपस्थित प्रतिनिधिहरूले उच्च सराहना गरेका थिए।

यस बैठकले ‘Armed Forces Community’ को महत्त्व र प्रगतिका निम्ति विभिन्न विषयहरूमा छलफल गर्नुका साथै असल अभ्यासहरू आदान–प्रदान गर्न र आपसी सहकार्य अझ सुदृढ गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको थियो। यस्तो महत्त्वपूर्ण तथा उच्चस्तरीय बैठक आयोजना गर्न पाउनु फोक्स्टोन नेपाली समुदायका लागि ठूलो उपलब्धि र गर्वको विषय हो। यस सफल आयोजनाले समुदायको बढ्दो पहिचान, सेवा, सहकार्य र समावेशिताप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काएको छ।

बैठकको समापन ‘Folkestone and Hythe District’ का काउन्सिल लिडरको मन्तव्यसँगै भएको थियो। कार्यक्रमपछि केही प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो भने ‘लेमन लिफ रेस्टुरेन्ट’ फोक्स्टोनद्वारा प्रबन्ध गरिएको स्वादिष्ट ‘करि लन्च’ सँगै सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो। यसले नेपाली आतिथ्यताको न्यानोपनलाई समेत उजागर गरेको थियो।

यस कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग र मेहनत गर्ने फोक्स्टोन नेपाली कम्युनिटीका ट्रस्टी, सल्लाहकार, महासचिव, कार्यसमितिका सदस्य, स्वयंसेवक तथा लेमन लिफ रेस्टुरेन्ट परिवारलाई क्याप्टेन पुनले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!