पासा पुचः गुथि यूकेले १९ अप्रिलमा तेस्रो लन्डन बिस्का जात्रा आयोजना गर्ने

SHARE:

लन्डन । पासा पुचः गुथि यूकेले आउँदो १९ अप्रिलमा तेस्रो लन्डन बिस्का जात्रा’ आयोजना गर्ने भएको छ ।

शनिबार साउथ इष्टस्थित गोर्खा क्याप्रीकन क्लबमा आयोजित पत्रकार सम्मेलनमा जात्रा तयारीबारे अवगत गराइएको हो । डार्टफोर्ड ओपन एयर थिएटर सेन्ट्रल पार्कमा हुने जात्रा नेपाली दूतावास लन्डनको सहकार्य र स्थानीय संघसंस्थाको सहयोग रहनेछ ।

पासा पुचः गुथि यूके बिओटी प्याट्रन ओजेश सिंहले भक्तपुरमा हुने प्रमुख जात्रा बिस्काको इतिहासबारे जानकारी दिए । भैरव र भद्रकालीको रथ तानेर मनाइने यस जात्रा लन्डनमा सन् २०२२ मा पहिलोपटक, २०२४ मा दोस्रो पटक मनाइएको थियो ।

ब्रिटिश नेवा हेरिटेजलाई संरक्षण गर्ने उद्देश्यले मनाउन शुरु गरिएको प्रष्टयाउंदै उनले लन्डनलाई अन्तर्राष्ट्रिय जात्राहरुको हब बनाउने उद्देश्य समेत रहेको बताए ।

इभेन्ट को-अर्डिनेटर एवं पासा पुच गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केले जात्रा दिउँसो १२ बजे शुरु भई ६ बजेसम्म सञ्चालन हुने र यसमा करिब २५०० जति दर्शक अपेक्षा गरिएको बताए । उनले जात्रा हेर्न अनलाइन लिए १० पाउण्ड र प्रवेशद्धारमा १५ पाउण्ड टिकट शुल्क राखिएको बताए । १२ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क प्रवेश दिइनेछ।

पासा पुच गुथि यूके बिओटी अध्यक्ष सुशील प्रजापतिले आफ्नो संस्थाले केही वर्षदेखि बिस्का जात्रा, इन्द्र जात्रा, खः जात्रा देखाइँदै आएको जनाउँदै नेवा कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!