मगर संघ यूके यूएचएसबी शाखा लेडिज कमिटीद्वारा मिर्गौलापीडितलाई एक लाख १२ हजार सहयोग हस्तान्तरण

SHARE:

लन्डन । मगर संघ यूके युनाइटेड ह्याम्पसायर, सर्रे, बर्कशेयर ब्रान्च (यूएचएसबी) ले शाखा लेडिज कमिटीले मिर्गौलापीडित राममाया थापालाई नगद एक लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

लेडिज रमझम च्यारिटी साँझबाट संकलित रकम मंगलबार समाजसेवी गोमा रानाले राममायालाई हस्तान्तरण गरेकी हुन् । मगर संघ यूके यूएचएसबी शाखा लेडिज कमिटीले सन् २००७ देखि हरेक वर्ष लेडिज रमझम च्यारिटी साँझ आयोजना गरी नेपाल र बेलायतमा सहयोग गर्दै आइरहेको छ ।

यो वर्ष २०२६ मा नेपालमा सहयोग गर्ने निर्णय पारितअनुसार एकजना मिर्गौला पीडित राममाया थापालाई नगद एक लाख १२ हजार हस्तानतरण गर्ने कार्य सम्पन्न भएको गोमा रानाले जानकारी दिइन् । उनले मगर संघ यूके यूएचएसबी शाखा लेडिज कमिटी अध्यक्ष नानु रानालगायत सम्पूर्ण टिम, स्पोन्सर र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिइन् ।

पीडित राममायाले टाढाबाट सहयोग गर्ने सबै सबैलाई र घरमै आएर पैसा हस्तान्तरण गरेकोमा गोमा राना र उनका श्रीमान् सुनिल रानालाई पनि धन्यवाद प्रकट गरिन् ।

मगर संघ यूके यूएचएसबी शाखा लेडिज कमिटीले राममायाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!