एनआरएनएको उपाध्यक्षमा बेलायतवासी विश्वासदीप, रोजिना र रामशरण

SHARE:

लन्डन १८ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको उपाध्यक्षमा बेलायतबाट तीन जना चयन भएका छन् ।

काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको संघको विश्व सम्मेलन तथा १२ औं महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको झन्डै दुई दर्जन उपाध्यक्षमध्ये बेलायतबाट तीन जना परेका छन् । जसमा अभियन्ता विश्वदीप तिगेला, रोजिना प्रधान राई र रामशरण सिम्खडा छन् ।

उपाध्यक्षहरुसहित पदाधिकारीमा बेलायतवासी १० जना परेका छन् । मंगलबार घोषणा गरिएको कार्यसमितिको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) रहेका छन् । उनी यसअघि डा.बद्री केसी समूहबाट उपाध्यक्ष थिए ।

बेलायतले एक उपमहासचिव पनि प्राप्त गरेको छ । जसमा दिनेशकुमार घिमिरे (यूके) चयन भए भने प्रसुना कँडेल (यूके)ले सचिवको जिम्मेवारी हात पारेकी छन् । यस्तै बेलायतबाटै कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना चयन भएका छन् ।

यस्तै युरोप क्षेत्रका उपक्षेत्रीय संयोजक पदमा तिलकराम भट्टराई (यूके), मध्य पूर्वमा उपक्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) रहेका छन् । एनआरएनएको प्रवक्ताको जिम्मेवारी पनि बेलायतवासी व्यवसायी सोम सापकोटाले पाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!