लन्डन । साउथ इस्ट लन्डनमा यही २१ मार्चमा रमाइलो साँझ २०२६ हुने भएको छ ।
अपर विकहम लेनस्थित सेन्ट माइकल चर्चमा शनिबार २१ मार्चमा रमाइलो साँझ हुन लागेको हो । उक्त कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका निरा थापामगरको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थित हुन गायिका निराले पनि गीत संगीत, कला र संस्कृति प्रेमीहरु आग्रह गरेकी छन् । कार्यक्रम बेलुका ५ बजेदेखि हुनेछ ।






