राहदानी लिन केही समय कुर्नुपर्ने हुन्छ : नेपाली दूतावास लन्डन

SHARE:

 

लन्डन । नेपाली दूतावास लन्डनबाट राहदानी लिन केही समय कुर्नुपर्ने भएको छ ।

राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेकाले राहदानी सेवा केही समय प्रभावित हुने भएको हो ।

जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा तीनहप्तासम्म बन्द हुन सक्ने राहदानी विभागले सूचनामार्फत जानकारी गराएको छ ।

नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि ३ महिनासम्म लाग्ने भएकाले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने राहदानी विभागले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!