मगर संघ यूके लखन थापा मगर गल्फ प्रतियोगिता २०२६ आयोजना गर्दै

SHARE:

लन्डन । मगर संघ यूकेको आयोजनामा ‘लखन थापा मगर गल्फ प्रतियोगिता २०२६’ हुने भएको छ ।

प्रतियोगिता बेलायतको माइडेनहेडस्थित ड्रिफ्ट रोडमा आगामी अगस्ट १५ तारिखमा सञ्चालन गरिने मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लाल) ले जानकारी दिएका छन् ।

प्रतियोगिता सुरुवात बिहान ७:३० बजे हुने तय गरिएको छ।

प्रतियोगितामा व्यक्तिगत तथा टिम दुवै विधामा सहभागिता जनाउन सकिनेछ । सहभागी हुन इच्छुक खेलाडीहरूले अगस्ट ८ भित्र नाम दर्ता गरिसक्नुपर्नेछ।

आयोजकका अनुसार प्रतियोगिताले खेलकुदमार्फत समुदायबीच एकता, सहकार्य र आपसी सम्बन्ध सुदृढ गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!