चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न

SHARE:

लन्डन २२ मार्च २०२६ । चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट शनिबार सम्पन्न भएको छ । नेपालबाट आएकी गायिका सोनी कुँवर क्षेत्रीको प्रस्तुतिसहित अल्डरसटस्थित अल्डरवुड स्कुलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षता तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बेलायतवासी विभिन्न सामाजिक व्यक्तित्व, समुदायका सदस्यहरूको उल्लेख सहभागिता थियो । जसमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, पूर्वअध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ र हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, तमु धीं आमा समूहकि महासचिव शान्ता गुरुङ, बुद्धिस्ट कम्युनिटी सेन्टर आमा प्रमुख शारदा गुरुङ, तमु धीं लन्डन इकाई अध्यक्ष भरत गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ र लेरि कुसाङ गुरुङ, महासचिव प्रकाश गुरुङसहितको उपस्थिति थियो ।

यस्तै भूपू गोर्खा अभियन्ता मेजर उदयबहादुर गुरुङ एमबीई, उपमेयर लक्षबहादुर गुरुङ, एनआरएनएका पूर्वअध्यक्ष पुनम गुरुङ, तमु समाज यूकेका अध्यक्ष बिन्दु गुरुङ, गल्याम समाजका अध्यक्ष श्री गुरुङ, बुद्धिजीवी तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङ, सहारा यूके र तमु धीं यूकेका सल्लाहकार, शुभेच्छुक, चार भन्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष ले नारायण प्रसाद गुरुङ बीईएम, पूर्वअध्यक्षहरू ले चन्द्रबहादुर गुरुङ, मेजर कृष्ण बहादुर गुरुङ, बेन कुमार गुरुङ, आमा अध्यक्ष अमला गुरुङ, उपाध्यक्ष अमर गुरुङ, प्रमुख सल्लाहकार क्या. कृष्ण गुरुङ, संस्थापक आमा अध्यक्ष शान्ति गुरुङ, विमला गुरुङ सल्लाहकारहरू, ज्वाइँ चेलीबेटीहरूको बाक्लो उपस्थिति थियो ।

समाजका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका आमा समूह र बाल कलाकारको सांगीतिक प्रस्तुतिले थप रौनक भरेको थियो । नेपालबाट आएकी कलाकार सोनी कुँवरले भरपुर मनोरञ्जन दिएकी थिइन् ।

चार भन्ज्याङ सेन्टर फर हेल्थ (टेलिमेडिसिन क्लिनिक) तथा चार भन्ज्याङ क्षेत्रको अन्य विभिन्न क्षेत्रको विकास सहयोगार्थ च्यारिटी आयोजना गरिएको समाजका महासचिव अनिल गुरुङले जानकारी दिए । कार्यक्रम संयोजक हितमान घले रहेका थिए ।

संसारभरि छरिएर बसेका चार भन्ज्याङ तमु समाजका सदस्यहरूलाई एकीकृत गरी गाउँघर र देशको विकासका लागि स्रोत–साधन जुटाउन २०१५ सालदेखि चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति स्थापना गरिएको हो ।

तस्बिर : परशु गुरुङ, वरिष्ठ उपाध्यक्ष तमु धीं यूके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!