लन्डन । बेलायतमा निरा थापा मगर सांगीतिक साँझ २०२६ भव्य रुपमा सम्पन्न भएको छ ।
२० मार्चका दिन यूकेको सुइन्डनको द रनर हलमा उक्त साँझ भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । निरा बेलायतमा आएको झन्डै दुई महिनाको बीचमा सांगीतिक साँझ आयोजना गरिएको हो ।
निराले मौलिक भाका, सालैजो, मातृभाषाजस्ता रमाइला गीतदेखि ‘झ्याप्पै आए बाहुन दाइ जनै लाएर’ लगायत दर्जनौं गीत गाएकी थिइन् । केही समय दर्शकको चाहनाअनुसार लाइभ दोहोरी पनि खेलेकी थिइन् रेलै सलल भाकामा । सहभागीहरु बेस्सरी नाचे ।

कार्यक्रम आयोजकमध्येकी एक मगर संघ यूकेकी पूर्वउपाध्यक्ष अनिता रानामगरले निरालाई सम्मान र कदर गर्दै धेरै धेरै टाडाबाट आमन्त्रित पाहुनाहरु नेपाल मगर संघका पूर्व आईसीसी कोर्डिनेटर शान्ति थापा मगर र उनका श्रीमान् उदय थापा मगर,मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस मगर, बेजिङ स्टकबाट उपस्थित तनहुँ समाज यूकेका महासचिव महेन्द्र आले मगर र उनको टिमलाई धन्यवाद दिइन् ।
यस्तै नेपाली समाज सुईन्डनका अध्यक्ष रञ्जन मल्ल र मगर समाज सुईन्डनका अध्यक्ष अशोक बुढाथोकीमगर,राई यायोक्खाबाट सहभागी अध्यक्ष कल्पना राई,गोर्खा नेपाली समाजका अध्यक्ष रामकुमार थेबे, ९३ वाला नम्बरी स्वीन्डनका नम्बरी अध्यक्ष गणेश तामाङ, स्वीन्डनका भलिबल टिमका अध्यक्ष सन्त थापा मगर,मगर महिला संघ स्वीन्डनकी अध्यक्ष सरस्वती थापा मगर, बेजिङस्टोकबाट सहभागी वरिष्ठ व्यवसायीहरु बल थापा मगर, यूकेका नेपाली बक्सिङ खेलाडीका पूर्वअध्यक्ष भिम महेन्द्रलाई पनि पूर्वउपाध्यक्ष अनिताले धन्यवाद दिइन् ।
यस्तै स्वीन्डनमा रहेका मगर संघका संस्थापक अध्यक्ष मोहन थापा मगर, पूर्वअध्यक्ष कुमार राना मगर, पूर्वअध्यक्ष पूर्ण थापा मगर,मगर महिला संघका निवर्तमान अध्यक्ष माया थापा मगर, नेपाली समाजका पूर्व अध्यक्ष धन बुढाथोकी मगर, पूर्व उपाध्यक्ष खगेद्र गौचन, नेपाली समाजका पूर्वअध्यक्ष रामराज मल्ल, मगर समाज सुईन्डनका सचिव डिजेको भूमिका रहने, हल उपलब्ध गराउने र समस्त सुईन्डनबाट निरा थापा मगरलाई सपोर्ट अनि हौसला दिन आहने सबै दाजुभाइ दिदीबहिनीसहित तनहुँ समाजका सल्लाहकार चिन थापा मगर र नम्बरी नम्बर्नीहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरेकी छन् ।

साथै निरा थापा मगर सांगीतिक साँझको कोडिनेटरको हिसाबले आफूलाई साथ दिने विष्णु श्रीष, गंगा थापा मगर, मनु पाईजा मगर, तिल थापा मगर र सरस्वती थापा मगर,विष्णु थापा मगर,लोक थापा मगर, युटुवर अथवा क्यामेरा मेन मोचाग राना मगर र टिकट काटेर वा सहयोग गरेर भए पनि सहयोग गरिदिने दाजुभाइ, दिदीबहिनीहरु, मगर संघका सचिव दुर्गा काउचा मगर, दिलु पुन मगर, साहिला राईलगायत सबैलाई पनि धन्यवाद ज्ञापन गरेकी छन् ।







