कराते खेलाडी एरिका गुरूङ तमु धीं युकेको गुडविल एम्बास्डर, आज सम्झौता हुँदै

SHARE:

लन्डन । राष्ट्रिय कराते खेलाडी एरिका गुरूङ तमु धीं युके गुडविल एम्बास्डर घोषणा हुने भएकी छिन् ।

तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङलगायतको उपस्थितिमा आज २३ मार्चका दिन काठमाडौंमा सम्झौता गर्न लागिएको हो । ‘तमु धीं यूकेले नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको हुँदा आदरणीय पत्रकार मित्रहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,’ सूचनामा भनिएको छ ।

कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)  त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

एरिका तमु धीं यूकेले रजत महोत्सवमा घोषणा गरेको’तमु प्रतिभा पुरस्कार-२०२४’ बाट पुरस्कृत खेलाडी समेत हुन् । अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष तमु धीं यूकेले तमु प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!