ललितपुर २३ मार्च २०२६ । ब्रिटिस आर्मीमा कार्यरत यूके निवासी क्याप्टेन दिवस सिप्तुङ्खा राईले सिप्तुङ्खा माङखिम निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर २७ मा सिप्तुङ्खा माङखिम निर्माणार्थ आइतबार एक कार्यक्रमबीच उनले एक लाख एक सय ३९ रुपैयाँ प्रदान गरेका हुन् । उनी किरावा सिप्तुङखा वंश उत्थान समाज यलेखोम समिति काठमाडौंका अध्यक्ष काजी सिप्तुङ्खा र इन्द्र देवानका ज्येष्ठ सुपुत्र हुन् ।
उनीहरुले छोराबाट प्राप्त सहयोग रकम कोषाध्यक्ष अरुण सिप्तुङ्खालाई हस्तान्तरण गरे ।
सिप्तुङ्खा माङखिम निर्माण समितिले मनकारी क्याप्टेन दिवस सिप्तुङ्खा राईप्रति आभार व्यक्त गर्दै सुम्मिना-पारुहाङको आशीर्वाद मिलिरहोस् भन्ने कामना गरे ।






