तमु धीं यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी सुवाससिंह गुरूङलाई पितृशोक

SHARE:

लन्डन २४ मार्च २०२६ । तमु धीं यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी सुवाससिंह गुरूङलाई पितृशोक परेको छ ।

पोखरा महानगरपालिका-१० रामबजार स्थायी घर तथा पुर्ख्यौली घर स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाअन्तर्गत अक्रङ्ग गाउँ भई लामो समयदेखि बेलायतमा बस्दै आएका सुवाससिंहका बुबा धनबहादुर गुरुङको ९३ वर्षको उमेरमा बेलायतस्थित लुइसम अस्पतालमा आइतबार २२ मार्चमा निधन भएको हो ।

धनबहादुरका दुई छोरा र एक छोरी छन् । दुवै छोरा भूतपूर्व ब्रिटिस आर्मीका हुन् भने छोरीज्वाइँ बेलायतमै बसोबास गर्दै आएका छन् ।

निकटस्थहरुका अनुसार धनबहादुर गुरुङलाई धेरैले हाकिमका कान्छा भनेर चिन्ने गर्दथे किनकि उनका बुवा त्यस समयका हाकिम थिए । उनी कान्छा सुपुत्र थिए र करिब ५० वर्षअघि पोखरास्थित रामबजार वडा नं. १० मा धनबहादुर गुरुङले आफ्नै घरमा गुरूङ मेडिकल सञ्चालन गरी स्थानीयस्तरमा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । त्यतिबेला उनले सञ्चालन गरेको उक्त मेडिकलमार्फत धेरैलाई स्वास्थ्यसम्बन्धी सहयोग प्राप्त भएको थियो।

उनी सधैं गुरूङ समुदायको उन्नति र नयाँ पुस्तालाई आफ्नो पहिचान संस्कार र परम्पराबारे सचेत गराउने प्रेरणादायी व्यक्तित्व रहेको पत्रकारसमेत रहेका इन्द्र घोताने सम्झन्छन्,’कुनै पनि गुरूङ तथा गैरगुरूङ समुदायका कार्यक्रममा सहभागी हुँदा पनि उहाँले आफ्नो गुरूङ पोशाकलाई कहिल्यै त्याग्नु भएन जसले उहाँको सांस्कृतिक पहिचानप्रतिको गर्व झल्काउँथ्यो ।’

यसैबीच धनबहादुर गुरुङको निधनले गुरूङ समुदाय तथा बेलायतस्थित नेपाली समाज स्तब्ध बनेका छन् । विभिन्न संस्था तथा व्यक्तिले धनबहादुरको निधनमा दु:ख व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

तमु धीं युकेले पूर्वअध्यक्ष सुवाससिं गुरुङ बीईएमका बुबा धनबहादुर गुरूङको निधनले खबरले सम्पूर्ण परिवार दुःखित र स्तब्ध भएको जनाएको छ । अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमला देवी गुरुङले श्रद्धाञ्जली जारी गर्दै भनेका छन्, ‘स्वर्गीय बुबाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै श्री सुवाससिं गुरूङ बीईएमज्यु तथा प्रथम महिला कमला गुरूङज्यूलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्तीको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

यस्तै तमु समाज युकेले आफ्ना आजीवन सदस्य धनबहादुर गुरुङको निधनले अन्त्यत मर्माहत भएको जनाएको छ । अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले जारी सन्देशमा भनिएको छ, ‘गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका (रामबजार) स्थायी घर तथा स्याङ्जा जिल्ला, फेदिखोला गाउँपालिका (अक्रङ्ग गाउँ) पुर्ख्यौली घर भई हाल बेलायतको लुइशाम, लण्डन निवासी तमु समाज युकेका आजीवन सदस्य एवं ज्येष्ठ नागरिक श्री धनसिङ गुरुङज्यूको ९२ औँ वर्षको उमेरमा बेलायतस्थित लुइशाम अस्पतालमा उपचारका क्रममा मिति २२ मार्च २०२६, आइतबारका दिन भएको असामयिक निधनको खबरले तमु समाज युके परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको छ ।’

यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उनीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै पति वियोग र पितृशोकमा परेका छोराहरू, बुहारीहरू तथा समस्त शोकसन्तप्त परिवारजनप्रति तमु समाज युके परिवारले गहिरो समवेदना प्रकट गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!