काठमाडौं । नेपाल उमा कुङ्फु संघले विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरेको छ ।
मंगलबार एक कार्यक्रमबीच उनीहरूलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लूएमएसी नेपाल च्याप्टरका महासचिव सन्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङ्फु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लूएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
भूपेन्द्रले बेलायत, अमेरिका, जर्मनी र थाइल्यान्डमा भएका विभिन्न प्रतियोगितामा गरी १२ स्वर्ण र २ रजत पदक जितेका छन् । सुजनले हालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बेभेरियामा २ स्वर्ण जितेका थिए ।
भूपेन्द्रले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताए ।







