आरोही पूर्व गोर्खा सैनिक हरि बुढामगरको पुस्तक बजारमा आउँदै

SHARE:

लन्डन । आरोही पूर्व गोर्खा सैनिक हरि बुढामगरको पुस्तक बजारमा आउने भएको छ ।

विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) बुढामगरको पुस्तक ‘कन्क्वेरिङ ड्रिम्स’ आउँदो २७ अगस्ट २०२६ मा मिरर बुक्सद्वारा प्रकाशित हुन लागेको हो । पुस्तक अमेजन र वाटरस्टोन्समा ‘प्रि–अर्डर’ गर्न उपलब्ध रहेको बुढामगरले जनाएका छन् ।

आरोही बुढामगरले पुस्तकको नाम सगरमाथा आरोहण गर्ने आफ्नो बाल्यकालको सपनाबाट जुराएका हुन् । पछि ‘कन्क्वेरिङ ड्रिम्स’ उनको सगरमाथा र सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) आरोहण अभियानहरूको नाम बन्यो जसले ५ वटा पहिलो विश्व रेकर्ड कायम गरेको छ । सगरमाथा, डेनाली, कार्सटेन्ज पिरामिड, माउण्ट भिन्सन र सेभेन समिट आरोहणमा उनको विश्व कीर्तिमान छ ।

प्रकाशोन्मुख पुस्तकमा यसअघि लेख, अन्तर्वार्ता वा साक्षात्कारमा पहिले कहिल्यै नभनिएको आफ्नो कथा पढ्न एवं मानसिकता र उद्देश्य बुझ्न पाइने बुढामगरले बताए । आफ्नो भविष्य सुन्दर बनाउने सपना साँचेर १९ वर्षमै ब्रिटिस सेनामा भर्ना भएका थिए रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर । ३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा अफगानिस्तानको लडाइँमा खटिँदा एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला टेकेर विष्फोट हुँदा घुँडाभन्दा माथि दुवै खुट्टा गुमाए । दुवै खुट्टा गुमाएपछि शुरुतिर उनी विक्षिप्त बने, आत्महत्या गर्ने सम्म सोच्न थाले । तर, जीवनदेखि हार नखाई आत्मबल लिएर उनी आरोहणमा लागे ।

बुढामगर परिवारका साथ हाल बेलायत क्यान्टबरीमा बस्छन् । उनले गत वर्ष मात्र बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!