लन्डन । मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा हुने भएको छ ।
फार्नबरोस्थित कोभ क्राइस्ट चर्च कोभर्डको पेरिसमा साधारणसभा बोलाइएको मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) ले जानकारी दिए । साधारणसभा बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
अध्यक्ष लालुले सबै सदस्यहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेका छन् ।
साधारणसभा सुरु हुनुअघि मगर भवनमा मौलिक खानाको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ ।






