लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेका अध्यक्ष एव् मगर यूकेका संस्थापक अध्यक्ष थर्क रानाले बन्दी सहायता नेपालला२ खाद्यान्न सहयोग गरेका छन् ।
नेपालमा रहेका रानाले चैत ११, २०८२ (२५ मार्च २०२६)मा बन्दी सहायताको कार्यालय पुगेर खाद्यान्न सहयोग गरेका हुन् ।
‘आज (बुधबार)पूर्वउपसभामुख, हालै निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय इन्दिरा राना मगरज्यूद्वारा काठमाडौं सोह्रखुट्टेमा स्थापित “बन्दी सहायता नेपाल” बालबालिका उद्धार गृह (जहाँ कारागारमा रहेकाहरुको असहाय बालबालिकाहरुलाई संरक्षण दिइन्छ) मा पुगी एक कार्टुन तेल, २५ केजी दाललगायत दान दिने सुअवसर मिल्यो,’ उनले भने ।
सोही क्रममा मुनिबिहार भक्तपुरबाट ७ बोरा चामललगायत सामग्री दान लिएर आएका अर्जुन र दिपक भन्तेसँग पनि मिसिने मौका मिलेको उनले बताए ।
दान हस्तान्तरण कार्यक्रममा भूपू सैनिक संघ कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा मगर र केन्द्रीय समिति सदस्य प्रेम पुन मगर पनि सम्मिलित थिए ।








