लन्डन । तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले छोटो समयका लागि नेपाल भ्रमणका क्रममा संस्थाको तर्फबाट विभिन्न महत्वपूर्ण सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएका छन्।
उपाध्यक्ष गुरुङले संस्थाका अध्यक्ष, कार्यसमिति सदस्यहरू, ट्रस्टी तथा पूर्वअध्यक्षहरूसँग निरन्तर परामर्श र सहकार्य गर्दै संस्थासँग सम्बन्धित विविध कामहरू अघि बढाइएको जानकारी दिएका छन् ।
नेपालमा रहँदा बेलायतमा सञ्चालन भएका तमु धीं यूकेका केही कार्यक्रमहरूमा उपस्थित हुन नसकेकोप्रति उनले क्षमायाचना गर्दै आगामी दिनहरूमा पनि सबैको साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेका छन् । नेपाल बसाइका क्रममा उनले तमु धी यूकेको तर्फबाट विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाएका थिए ।
तमु धीं यूकेको तर्फबाट आयोजित प्रमुख गतिविधिहरूमध्ये Safal International Pokhara Marathon 2026 मा चार लाख २५ हजार रुपैयाँ नगद, पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। त्यसैगरी, Aaha Rara Sahara Gold Cup फुटबल प्रतियोगितामा पनि संस्थाको सहभागिता रहेको थियो।
यसैगरी Tamu Prathisthan को वार्षिक ‘Annual Get Together’ कार्यक्रममा सहभागिता जनाइएको थियो भने गुरुङ समुदायका चार जना प्रतिभाशाली व्यक्तिहरूलाई प्रमाणपत्रसहित “तमु प्रतिभा पुरस्कार” प्रदान गरिएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत तमु धी यूकेको सहयोगमा पोखराको Naulo Ghumti मा नयाँ भान्साघर निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। उक्त निर्माणका लागि संस्थाले १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
त्यसैगरी, Sitapaila Pokhara Old Age Home मा भ्रमण गरी वृद्धवृद्धासँग भेटघाट गरिएको थियो।
स्वास्थ्य र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित छलफलहरू पनि सम्पन्न भएका छन्। Tamu Dhee Nepal का अध्यक्ष तथा सदस्यहरूसँग भएको छलफलमा Gurung Museum मा तमु धी यूकेका लागि दुईवटा क्याबिनेट राख्ने सहमति भएको छ। क्याबिनेटको डिजाइन, शैली तथा सामग्रीबारे सुझाव दिन पनि अनुरोध गरिएको छ।
यसैबीच, पोखरास्थित Manipal Teaching Hospital मा भ्रमण गरी उद्योगी Anand Batas सँग १० लाख रुपैयाँको अक्सिजन प्लान्ट सहयोगबारे छलफल गरिएको थियो। उक्त प्लान्ट सञ्चालनका लागि वरिष्ठ चिकित्सक Bhagawan Koirala को नेतृत्व रहने तथा प्लान्टमा तमु धी यूकेको नाम राख्ने सहमति भएको बताइएको छ।
त्यस्तै, Nepal Federation of Indigenous Nationalities र Tamuchojha Dhee Pokharaका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।
खेलकुद क्षेत्रलाई समेत प्राथमिकता दिँदै Nepal Karate Federation सँग सहकार्य गरिएको छ। सो अवसरमा कराते खेलाडी Arika Gurung लाई सद्भावना दूत नियुक्त गरिएको जानकारी दिइएको छ।
यसै क्रममा All Nepal Football Association का सदस्यहरूसँग भेटघाट तथा डिनर कार्यक्रम पनि सम्पन्न गरिएको थियो। उक्त भेटमा खेलाडी Priti Rai सम्बन्धमा सकारात्मक छलफल भएको र निःशुल्क टिकट तथा एक हप्ताको बसोबासको व्यवस्था भए आवश्यक सहयोग गर्न सकिने धारणा व्यक्त गरिएको बताइएको छ।
उपाध्यक्ष गुरुङले नेपाल भ्रमणका क्रममा विभिन्न संस्थासँग सहकार्य र समन्वय गर्दै तमु धी यूकेको सामाजिक तथा सामुदायिक योगदानलाई थप सुदृढ बनाउने प्रयास गरिएको बताएका छन्। साथै, आगामी दिनहरूमा पनि संस्थाका गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइने विश्वास व्यक्त गरेका छन्।








