नयाँ सरकारले नेपालको रुप अवश्य परिवर्तन गराउनेछ : वरिष्ठ उपाध्यक्ष गुरुङ

SHARE:

लन्डन । तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले युवा नेता बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले नेपालको रुप अवश्य परिवर्तन गराउने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार २७ मार्चमा रास्वपाका वरिष्ठ नेता ३६ वर्षीय शाह नेतृत्वमा सरकार गठनपछि गुरुङ आफ्नो विचार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । ‘३ करोड नेपालीको मनोकांक्षा र आशाहरुको भारी बोकेर सम्माननीय प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा १५ माननीय युवा मन्त्रीज्यूहरु सिंहदरबार प्रवेश गरेका छन् । ३६ वर्षीय युवा प्रधानमन्त्रीज्यूको नेतृत्वमा बनेको २ सिट कमीको दुईतिहाईको नयाँ सरकारले नेपालको रुप अवश्य परिवर्तन गराउनेछ । त्यसर्थमा आज नेपालीको एक ऐतिहासिक दिन हो ।’

उनले नयाँ सरकार गठनपछि नेपाली जनता खुसी बनेको हुनसक्ने उल्लेख गरेका छन् । ‘आशा छ तमाम नेपाली जनता खुशी र हर्षोल्लास होलान् । चाहे जो कोही, जुनसुकै पार्टीमा आबद्ध होस् या आस्था राख्ने होस् । स्वदेश या विदेशमा रहुन् ।’

वरिष्ठ उपाध्यक्ष गुरुङले आफूहरु विदेश भूमिमा रहे पनि रगत र नेपालीपन कहिल्यै नफेरिने पनि स्मरण गराएका छन् । ‘हामी स्वदेश छोडी संसारको जुनसुकै देशमा बसोबास गरोस् । त्यहींको बासिन्दा नागरिक रैथाने बनोस् अखिर नेपाली नै हौं । मौसमअनुरुप केही समय अस्थायी रुपमा अनुहारको रंग फेरिएला । तर हाम्रो रगत र नेपालीपन कहिले फेरिँदैन । फेर्न पनि हुँदैन मेरो सोंच । हाम्रो देशप्रति चिन्तित हुन्छौं ।’

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेश अनुसार शुक्रबार नेपालमा नयाँ सरकार बनेको हो । निर्वाचनबाट सबभन्दा ठूलो दल बनेको रास्वपाका वरिष्ठ नेता शाहलाई बिहीबार संसदीय दलको नेता चयन गरेपछि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री शाहले आजै १५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाललगायत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!