४४ विद्यार्थीलाई तामाङ सोसाईटी अफ यूकेको छात्रवृत्ति

SHARE:

लन्डन । तामाङ सोसाईटी अफ यूकेले ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ स्थित समाज विकास माविका विद्यार्थीहरुलाई शुक्रबार तामाङ सोसाईटी अफ यूकेका अध्यक्ष प्रताप लामा तामाङ, श्रीमती चित्रकुमारी तामाङले संस्थाको तर्फबाट झोला, कपडा र शैक्षिक सामग्रीलगायत प्रदान गरेका हुन् ।

कार्यक्रममा देवनन्द लामा, मनु लामासहित वरिष्ठ गायक प्रेम लोप्चन, गायक तथा संगीतकार सञ्जीव वाइबा, गायक सुवास मोक्तानलगायतको उपस्थिति थियो । तामाङ सोसाईटी अफ यूकेले हरेक वर्ष उक्त विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । कार्यक्रम समन्वय नेपाल तामाङ कलाकार संघले गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!