ईलमपोखरी समाज यूकेको कार्यसमिति पदाधिकारीहरु तथा सल्लाहकारहरुबीच बैठक सम्पन्न

SHARE:

लन्डन । गत मार्च २८ शनिबारका दिन ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङको सभापतित्वमा D’Lounge Restaurant & Bar Aldershot मा बसेको कार्यसमितिका पदाधिकारीहरु तथा सल्लाहकारहरुको प्रथम संयुक्त बैठकमा विविध बुँदाहरुमा छलफल गरी निम्न लिखित निर्णयहरु पारित गरियो ।

गत १५ नोभेम्बर २०२५ मा सम्पन्न भएको वार्षिक साधारणसभामा निर्णय भएअनुरुप समाजका कुनै सदस्यको असामयिक निधन भएको अवस्थामा समाजका सदस्यहरुबाट £१० को दरले स्योरा संकलन गरिने प्रचलन निरन्तर जारी राख्नेछ । २ महिना (६० दिन) को अवधिभित्र समाजका सबै सदस्यहरुले समाजको बैंक खातामा स्योरा रकम जम्मा गरी सक्नु पर्नेछ । शोकाकुल परिवारलाई सान्त्वाना स्वरुप १ हजार पाउण्ड समाजको कोषबाट तुरुन्त प्रदान गरिनेछ । संकलन भएको बाँकी रकम १ हजार पाउण्ड कटाएर दुई महिना (६० दिन) पछि शोकाकुल परिवारलाई बुझाईनेछ ।

स्यौरासम्बन्धी निर्णय भएका बुँदाहरु तथा अन्य महत्वपूर्ण विषयहरु समावेश गरी समाजका अध्यक्ष र सचिवले समाजको विधान संशोधन गरिनेछ ।

बैठकमा गत २० डिसेम्बर २०२५ मा आयोजना भएको ल्होछार पर्वको समीक्षा पनि गरिएको थियो र कोषाध्यक्ष शिवराम गुरुङले उक्त पार्टीको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा अध्यक्ष गुरुङले हाम्रो समाजले आयोजना गरिने वर्षभरीको कार्यक्रमहरुको कार्यतालिका पनि प्रस्तुत गर्नुभएको थियो । समाजले आयोजना गरिएको बैठक तथा कार्यक्रमहरुमा कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा सदस्यहरु नियमित उपस्थित भई सक्रियताका साथ समाजको बृहत् हितको लागि चासो देखाई दिनको लागि विशेष अनुरोध गर्नुभएको थियो ।

अन्तमा अध्यक्ष परशु गुरुङले बैठकमा उपस्थित हुनुभएका सम्पूर्ण कार्यसमितिको पदाधिकारीहरु तथा सल्लाहकारहरुलाई धन्यवाद ज्ञापन गर्दै बैठक समापन गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!