जनजाति ओर्लिए सडक, बिदा कटौती गर्ने निर्णय फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी

SHARE:

काठमाडौं । आदिवासी, जनजातिहरुले सांस्कृतिक चाडहरुको बिदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेका छन् ।


नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न जातीय संघ, संगठनमा आबद्ध नेता, कार्यकर्ताले प्रर्दशन गर्दै सांस्कृतिक पर्वहरुको बिदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरे ।
त्यसक्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौती गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।

सरकारले सांस्कृतिक पर्वलगायतका सार्वजनिक विदा कटौति गर्ने निर्णयको आदिवासी, जनजातिहरुले विरोध गर्दै आएका छन् । उनीहरुले आफूहरुको संस्कृतिको संरक्षण गर्न पनि त्यस्ता पर्वहरुमा दिइँदै आएको सार्वजनिक विदा कटौती गर्न नहुने तर्क गर्दै आएका छन् ।

प्रदर्शनमा उल्लेख्य सहभागिता देखिन्थ्यो । सरकारले यस वर्षबाट ल्होछारलगायतको राष्ट्रिय सार्वजनिक बिदा कटौती गरेको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनमा उत्रेका छन् । आन्दोलनका कार्यक्रममा सरकार, विभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने, सडक प्रदर्शनलगायत छन् ।

प्रकाशित : २०७५ वैशाख ७

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!