लन्डन १ अप्रिल २०२६ । मनोक्रान्तिका प्रणेता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रहरुमा बसोबास गर्ने नेपालीलाई यही ४ अप्रिल शनिबार प्रवचन दिने भएका छन् ।
डा.योगी विकाशानन्दले जुममार्फत यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने भएका छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ देखि १:४५ रहेको छ ।
प्रबचनमा शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा प्रफुल्ल भै आनन्द जिवन जिउने कलालगायत जीवनशैली परिवर्तनका लागि अध्यात्मिक ओतप्रोतका ज्ञानगुनको बारेमा समेटिने आयोजक मनोक्रान्ति टीम यूकेले जनाएको छ । आवश्यक जानकारीका लागि नगेन्द्र नेम्बाङ, गोपबहादुर सिञ्जाली मगर र अनिता गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।







