गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति प्राप्ति, खरिद-बिक्री तथा नामसारीमा सहज गराउन एनआरएनएको माग

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति प्राप्ति, खरिद-बिक्री तथा नामसारीमा सहज गराउन नेपाल सरकारसँग ाग गरेको छ ।

अध्यक्ष डा.हेमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंहदरबारमा भेट्दै जग्गा-जमिनसम्बन्धी लगायत माग पत्र बुझाएको हो । ‘गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैतृक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो नाममा नाम सारी गर्ने प्रक्रियामा सहजता मिलाउन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयहरूलाई आवश्यक परिपत्र जारी गर्न,’ पत्रमा भनिएको छ ।

भेटमा अध्यक्ष हेमराज शर्मा, उपाध्यक्षहरु रोजिना प्रधान राई, दिनेश पोखरेल, विश्वास दीप तिगेला, तिलक गैरे, महासचिव चिरञ्जीवी खड्का, सचिव अभिमन्यू बस्नेत, दिपेश खत्री, उपमहासचिव वेदराज बस्नेत, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना, सहकोषाध्यक्ष अब्दुल बसिद, महिला सहकोषाध्यक्ष गंगा खतिवडा, संयोजक रश्मी थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु शेष घले, रविना थापा, पूर्वअन्तर्राष्ट्रिय संयोजक भीम उदासलगायत सहभागी थिए ।

यस्ता छन् एनआरएनले अघि सारेका मागहरु

पहिलो, गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन।
दोस्रो, विश्वभरका नेपालीको आवश्यकता र भावना समेट्ने गरी गैरआवासीय नेपाली सम्बन्धि ऐन संशोधन।
तेस्रो, “वंशजको नागरिकताको निरन्तरता भन्ने मान्यता अनुसार संविधान संशोधन।

१. अध्यागमन : गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई नेपाल प्रवेशका लागि भिसा लिनु नपर्ने तथा भिसा अवधि थप गरिरहनु नपर्ने व्यवस्था स्पष्ट गरी गृह मन्त्रालयमार्फत अध्यागमन विभागबाट कार्यान्वयन हुने गरी आवश्यक निर्णय तथा परिपत्र जारी गरिदिनुहुन ।
२. जग्गा-जमिन सम्बन्धी: गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो नाममा नाम सारी गर्ने प्रक्रियामा सहजता मिलाउन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयहरूलाई आवश्यक परिपत्र जारी गर्न l
३. बैंक तथा वित्तीय क्षेत्र: गैरआवासीय नेपाली नागरिकहरूलाई अन्य नेपाली नागरिक सरह बैंक खाता खोल्न तथा सञ्चालन गर्न, कम्पनी स्थापना गर्न, धितोपत्र खरिद-बिक्री गर्न, डिम्याट खाता खोल्न तथा धितोपत्र बजारमा लगानी गर्न पूर्ण अधिकार सुनिश्चित गर्न र नेपाल सरकारको समन्वयमा स्थापित करिब रु. १० अर्ब बराबरको “एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड” लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड मार्फत आवश्यक सहजीकरण गरिदिनुहुन l
४. सवारी साधन: गैरआवासीय नेपाली नागरिकलाई अन्य नेपाली सरह सवारी साधन खरिद/दर्ता तथा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न यातायात व्यवस्था विभाग तथा मातहतका सबै कार्यालयबाट पूर्ण सहजीकरण गरिदिनुहुन l
५. राष्ट्रिय परिचयपत्र: गैरआवासीय नेपाली नागरिकहरूले नेपालमा तत्कालका लागि राष्ट्रिय परिचयपत्रबिना पनि सरकारी सेवा, बैंक/वित्तीय कारोबार, सम्पत्ति खरिद–बिक्री र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने वातावरण निर्माण गरि तत्कालका लागि अनिवार्य नराखी सेवा तथा कारोबारमा सहज पहुँच सुनिश्चित गरिदिनुहुन l

गैरआवासीय नेपालीसँग सम्बन्धित सबै विषयलाई समग्र रूपमा सम्बोधन गर्न हालको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ लाई संशोधन गरी समयानुकूल नयाँ ऐन निर्माण यथासिघ्र अगाडि बढाउनु जरुरी छ, हामीलाई विश्वास छ कि पूर्ण बहुमत भएको सरकारले यो ऐन परिवर्तन गर्न समय लिने छैन। त्यसैले हामी नयाँ ऐनमा विशेषतः छुट्नै नहुने केही विषयहरू मन्त्रालयले नै तयार गर्ने विधेयकमा अवश्य समेटिने भन्ने विश्वाससहित ती विषयहरू पुनः स्मरण गराउन चाहन्छौँ:
१. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक बाँकी सम्पूर्ण अधिकार बंशजको नागरिकता प्राप्त व्यक्तिसँग समान हुने।
२. गैरआवासीय नागरिकता प्राप्त व्यक्तिका सन्तानले स्वतः त्यही आधारमा गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले विदेशी नागरिकसँग विवाह गरेमा निजको वा पत्नी/पति गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने।
४. गैरआवासीय नेपाली नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने।

वैदेशिक रोजगारीमा रहेका र विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि निम्न व्यवस्था गर्न अनुरोध गर्दछाँ :
१. दूतावासको जनशक्ति प्रभावकारी बनाउन हालको जनशक्तिलाई कम्तीमा दोब्बर बढाउन।
२. विदेशमा कारागारमा रहेका नेपालीहरूलाई समयमै र व्यवस्थित कानुनी सहायता उपलब्ध गराउन विशेष संयन्त्र स्थापना गर्न।
३. श्रमिक स्वास्थ्य सुरक्षा र प्रस्थानपूर्व सचेतना कार्यक्रम व्यवस्थित र व्यापक बनाउन।
४. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न र ठुलो संख्यामा नेपालीहरू रहेका रोमानिया, क्रोएसिया, पोल्याण्ड र माल्टा लगायतका देशमा दूतावास स्थापना गर्न।
५. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था l

अन्त्यमा, बृहत् एकता सहित भर्खरै सम्पन्न विश्व सम्मेलन र माहाधिवेशनबाट आएको गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व माननीय मन्त्रीज्यूसहित सिंगो परराष्ट्र मन्त्रालयसँग हातेमालो गर्दै देशको विकास र नेपालीहरूको खुशीका लागि स्वदेश र विदेशमा जस्तोसुकै सहयोग गर्न सधैं तत्पर रहने प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छ। साथै, नेपाललाई समग्र रूपमा समृद्ध बनाउने दिशामा यहाँको कार्यकाल फलदायी हुने विश्वासका साथ संघको तर्फबाट पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!