लन्डन । बेलायतमा नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
उच्च शिक्षाका लागि बेलायत आएकी २९ वर्षीया सिर्जना भुजेलको क्यान्सरका कारण शनिबार निधन भएको हो । उनको शरीर नेपाल लैजान सहयोग गर्न उनका आफन्तजनले अनुरोध गरेका छन् ।
साविक बाग्लुङ जिल्ला, हुग्दीसीर, बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती (हाल बसोबास रुद्रपुर, हरैया, रुपन्देही) सिर्जना भुजेल कोलोन- रेक्टल क्यान्सरका कारण गएको झन्डै एक वर्ष देखि उपचाररत थिइन् । शनिबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारको अनुरोध अनुसार सिर्जनाको शव नेपाल लैजान सक्दो सहयोग गर्न एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पनि अनुरोध गरेका छन् ।






