लन्डन । पर्वत समाज यूकेले तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङलाई सम्मान गरेको छ ।
पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित च्यारिटी डिनरका अवसरमा पूर्वअध्यक्ष तथा समाजसेवी गुरुङलाई सम्मान गरिएको हो । उनलाई बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमती एलिसा सुवेदी लगायतले सम्मान प्रदान गरे ।
यस्तै सोही अवसरमा ग्लोबल पर्वत समाजका नवनियुक्त अध्यक्ष दधी आचार्य र उपाध्यक्ष ढाका भट्टराई, युरोप संयोजक अप्सरा लामिछाने गुरुङ, पर्वतेली सफल व्यवसायी पुरन गिरी, हित काजी गुरुङ, सल्लाहकारहरु क्या. रि. लालबहादुर गुरुङ, मेजर रि. कृष्ण गुरुङ, जुमकाजी गुरुङ, नेत्र आले, ले.रि. कुसाङ गुरुङ एवं डा. विशाल गुरुङ सम्मानित भएका थिए ।






