बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत

SHARE:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणका क्रममा बेइजिङ्मा गरेका भेटघाटका क्रममा हिमालयन क्षेत्रमा बहुआयामिक यातायात सञ्जाल विस्तार गर्न नेपाल र चीन सहमत भएको पनि उनले बताए ।

सिचुआन विश्वविद्यालय, छङ्दुमा भएको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बृहत् शान्ति, समृद्धि र सद्भावको ऐतिहासिक लक्ष्यमा चिनसँग सहकार्य गर्न पाउनु नेपालका लागि गर्वको क्षण भएको बताए ।

भूपरिवेष्टित देशका लागि अन्तर्देशीय पूर्वाधार निर्माण अत्यन्त महत्वपूर्ण हुने भन्दै उनले नेपालको विकास प्रयासमा ओबरले योगदान गर्ने अपेक्षा व्यक्त गरे ।

नेपाल र चीनले आफ्नो सहकार्यलाई हिमालयन क्षेत्रमा महत्वपूर्ण पूर्वाधार निर्माण गरी विद्यमान अवरोध हटाएर मानिस, सामग्री तथा सेवाको निर्बाध आवागमन सुनिश्चित गर्नमा केन्दि्रत गर्नुपर्ने उनले बताए ।

२०७५ वैशाख ७ गते

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!