एनआरएनएद्वारा संरक्षक परिषद् घोषणा, पूर्वअध्यक्ष घलेद्वारा परिषद्मा बस्न अस्वीकार

SHARE:

लण्डन । गैर आवासी नेपाली संघ, अन्तर्राष्ट्रय समन्वय परिषद्को दोस्रो बैठकले संरक्षक परिषद् घोषणा गरेको छ ।

जुन १३ र १४ मा संचालन एनआरएनए आईसीसी बैठकले संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, महेशकुमार श्रेष्ठ, डा. बद्री केसी र एनआरएनएका परिकलपनाकार भिम उदास रहेको संरक्षक परिषद् घोषणा गरेको हो ।

परिषद् घोषणा अगावै अध्यक्ष डा. हेमराज शर्माले पूर्वअध्यक्ष शेष घलेलाई संरक्षक रहिदिन आग्रह गरेको तर अस्वीकार गरेको जानकारी गराए । एनआरएनएको विधानअनुसार संरक्षक परिषद्मा ५ जना मात्र रहेने ब्यवस्था छ ।

सल्लाहकारमा नेपाल सम्बन्धि विज्ञ अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर डविड गेल्नरलाई सर्वसम्मत मनोनयन गरेको छ । नेपालको बृहत् महाधिवेशनको बेला उम्मेदवारी दिएका र प्रक्रिया पुगेकाहरुको सम्बन्धमा अध्ययन गरी केही पदाधिकारीहरुको चयन गरेको छ । चयन हुनेमा सचिव पदमा नेदरल्याण्डका सबु पौडेल, कतारका पदम गिरी, युरोप क्षेत्रिय उपसंयोजकमा सुरेश पुन (डेनमार्क), सहकोषाध्यक्षमा मिन श्रेष्ठ (फ्रान्स), एशिया क्षेत्रीय संयोजकमा आरके महत्तो (मलेसिया) र आईसीसी सदस्यहरुमा रेम्स खनाल (माल्टा), सत्य झा (माल्टा) र दिनेश अर्याल (माल्टा) रहेका छन् ।

बैठकमा राजनीतिमा सक्रिय ब्यक्तिलाई एनआरएनएको पदाधिकारीमा चयन नगर्ने नीतिको उपाध्यक्ष रामशरण सिम्खडाले प्रतिवाद गरे भने अर्का उपाध्यक्ष विश्वास दीप तिगेलाले विभिन्न फौजदारी कसुरमा दोषी देखिएकाहरुलाई निर्वाचनको बखत उम्मेदवारी बन्न दिन नहुने प्रस्ताव गरे ।

एनआरएनएभित्र धेरै राम्रा काम गरेका, सफल व्यक्तित्वहरु रहेको तथापी एकाध ब्यक्तिहरु मानव तस्कर, श्रम शोषण लगायतको विषयमा ओरोपितहरु जिम्मेवारीमा रहदा एनआरएनएको उचाई घटेको बताए । सम्भवतः एनआरएनएमा फौजदारी कसुरको आरोपितहरुलाई निर्वाचन ताका उम्मेदवार बन्न नपाउने ब्यवस्था गर्नपर्ने माग सम्भवतः पहिलो पटक उठेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!