ठेकेदारमाथि रास्वपा सरकारका मन्त्री लम्सालको आक्रोश – ‘काम नगरे खुट्टा भाँच्दिनू’

SHARE:

काठमाडौं । रास्वपा नेतृत्वको नेपालका सरकारका पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएका छन् ।

निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको आइतबार स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन् ।

अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र आयोजना प्रमुखलगायतका सरोकारवाला अधिकारीहरूलाई सँगै राखेर उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । निर्देशन दिँदै मन्त्री लम्सालले भने, ‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

प्रधानमन्त्री वालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने संसद्‌को रोस्ट्रमबाटै बोलेपछि विभाजित बनिरहेको नेपालमा फेरि मन्त्री लम्सालको अभिव्यक्ति विवादित बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको पालामा मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्छ भन्ने अभिव्यक्ति दिँदा उनी निकै आलोचित बनेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!