बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण

SHARE:

पूर्ण गुरुङ
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्ना स्वयंसेवकहरूका लागि एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ । गत आइतबार (२८ जुन) इङ्गल्यान्डको डर्डल डोरमा आयोजित भ्रमणमा करिब ५८ जनाको सहभागिता रहेको थियो ।

प्राकृतिक चुनढुंगे समुद्री चट्टनी प्रवेशद्वारका रूपमा परिचित डर्डल डोर आफ्नो मनोरम प्राकृतिक सौन्दर्य तथा भूगर्भीय महत्त्वका कारण विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य हो । बीसीसी यूकेले हरेक वर्ष स्वयंसेवकहरूको सम्मानस्वरूप आयोजना गर्दै आएको एकदिने भ्रमण कार्यक्रमअन्तर्गत यस वर्ष उक्त स्थलको भ्रमण गरिएको संस्थाले जनाएको छ ।
बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न भ्रमणका क्रममा बौद्ध धर्ममा विशेष महत्व राख्ने च्योद् साधना पनि सामूहिक रूपमा सम्पन्न गरिएको थियो । बीसीसी यूके च्योद् साधना संयोजक तथा पूर्वअध्यक्ष लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ र सहसंयोजक एवं बीसीसी यूके आमा उपाध्यक्ष दुर्गा लक्ष्मी गुरुङको विशेष व्यवस्थापनमा उक्त साधना सम्पन्न भएको हो ।

उक्त भ्रमणको यातायात व्यवस्थापन बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले गरेका थिए भने खानपान व्यवस्थापन बीसीसी यूके आमा प्रमुख शारदा गुरुङको नेतृत्वमा गरिएको थियो ।
भ्रमणमा बीसीसी यूकेको विशेष निमन्त्रणामा बेलायत आएका दोर्जिन निमा लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका खेन्पो वाङ्गचुक र खेन्पो यन्तेनको सहभागिता रहेको थियो । साथै बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ तथा पूर्व आमा प्रमुखहरू पुष्पा गुरुङ, उर्मिला गुरुङ र जगना गुरुङलगायत संस्थाका पदाधिकारी, सदस्य र स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त भ्रमणको अवसरमा आमा प्रमुख शारदा गुरुङले गुरुहरुलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिएकी थिइन् । बीसीसी यूकेले यस्ता भ्रमण तथा आध्यात्मिक कार्यक्रममार्फत सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र साँस्कृतिक तथा धार्मिक मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!