युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार

SHARE:

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार गरिएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ ।

ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र लिवियाको सुरक्षा निकाय तथा आईओएनसँग समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ । दूतावासका अनुसार पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी र प्रकाश विश्कर्मा र मनोहर कार्कीको उद्दार भएको छ ।

उनीहरु कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो । अहिले क्याम्पमा रहेका १५ जनालाई आईओएमले खान र बस्नको व्यवस्था मिलाउनुका साथै हजाइ टिकटको समेत व्यवस्था मिलाइदिने भएको छ । यसअघि कायरो दूतावासकै पहलमा मे पहिलो साता पनि अलपत्र ७ नेपालीको उद्धार गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!