प्रमुख समाचार

लोकतान्त्रिक पार्टीको आयोजनामा अन्तरपार्टी छलफल

काठमाडौं । आगामी रणनीति तय गर्न भन्दै साना राजनीतिक दलहरु सामूहिक छलफलमा जुटेका छन् । नेपाल लोकतान्त्रिक पार्टीको आयोजनामा मुलुकको वर्तमान राजनीतिक घटनाक्रमको सन्दर्भमा ती पार्टी अन्तरपार्टी छलफल कार्यक्रममा जुटेका हुन् । छलफल लोकतान्त्रिक पार्टीको

खड्गबहादुर विश्वकर्माविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशअनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ पूर्जी टाँसेको हो। प्रहरीले प्रकाण्डको कालिकोट

मेलम्ची खानेपानी आयोजना सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला

काठमाडौँ । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे । उनले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय

मनाङमा १८ घण्टासम्म हिमपात, जनजीवन कस्टकर

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ

प्रचण्डलाई महतोको कटाक्ष- ‘तपाईले जनयुद्ध गर्दा प्रधानमन्त्री हुने, थारुले आन्दोलन गर्दा जेल कोचिदिने’

काठमाडौं । राजपा अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले राज्यले दुई रंगका व्यवहार गरेको भन्दै सत्ताधारीको चर्को आलोचना गरेका छन् । बुधबारदेखि सुरु संसद्‌को तेस्रो अधिवेशनमा सम्बोधन गर्दै महतोले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई जेलमा राखेर

नेकपा स्थायी समितिमा अध्यक्ष प्रचण्डको एक घण्टा ५५ मिनेट सम्बोधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि आजको बैठक सकिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक, सैद्धान्तिक, सांगठनिक र

दोस्रो नेपाल आइडल रविले आमा गुमाए

काठमाडौं । दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ । घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवलदार अम्बादत्त जोशीले जानकारी दिए।

मधेशका समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टीका नेतासँग मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय

नेपाली कामदारहरु अब जापान जान पाउने

काठमाडौं । नेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन् । जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ,

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

धनुषा । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो

चिम्खोला जोड्ने सडक निर्माणमा २ करोड बजेट

गम पुन म्याग्दी । रघुगंगा गाउँपालिका–४ दग्नामदेखि दरमिजा हुँदै वडा नम्बर ७ चिम्खोला जोड्ने सडक निर्माणमा रु २ करोड बजेट विनियोजन भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाको विशेष पहलमा सो सडकको

error: Content is protected !!