चिम्खोला जोड्ने सडक निर्माणमा २ करोड बजेट

SHARE:

गम पुन
म्याग्दी । रघुगंगा गाउँपालिका–४ दग्नामदेखि दरमिजा हुँदै वडा नम्बर ७ चिम्खोला जोड्ने सडक निर्माणमा रु २ करोड बजेट विनियोजन भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाको विशेष पहलमा सो सडकको ट्रयाक निर्माणको लागि २ खण्डमा गरी बजेट विनियोजन भएको हो ।

अहिले दग्नामको अजिंगर भीरसम्म पुगेको सडक चट्टाने पहाडमा रोकिएको छ । अजिंगर भीरसम्म पुगेको सडकबाट दरमिजा पुर्‍याउनको लागि मात्रै करिब एक किलोमिटर बढी चट्टाने पहाड फोर्नुपर्ने छ । रघुगंगाको वडा नम्बर ४ दरमिजा, ७ चिम्खोला र ८ कुईनेमंगलेवासीको लागि अत्यावश्यक रहेको सो सडक निर्माणमा रघुगंगा गाउँपालिकाले समेत प्राथमिकता दिएको छ ।

बजेट अभावले सडक निर्माण कार्य रोकिएपछि मन्त्री थापाको पहलमा भौतिक तथा यातयात मन्त्रालयबाट २ खण्डमा एक/एक करोड बजेट विनियोजन भएको मन्त्री थापाका स्वकीय सचिवालयका सदस्य गमबहादुर पुनले जानकारी दिए ।

यो सडकको ट्याक निर्माणको लागि आवश्यक बजेट व्यवस्थापनमा मन्त्री थापासँगै म्याग्दीका प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापा लागीपरेको उनले बताए । त्यस्तै यो सडक निर्माणमा म्याग्दीका गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा रु ५० लाख बजेट विनियोजन भएको छ ।

यसैबीच, मन्त्री र सांसद थापाद्वयको पहलमा भौतिक तथा यातयात मन्त्रालयमार्फत बेनी–दरबाङ–ताकम–लुलाङ–जलजला हुँदै रुकुम पश्चिम जोड्ने सडकलाई रु १ करोड र रत्नेचौर–ज्यामरुकोट, भकिम्ली हुँदै बरंजा जोड्ने सडकलाई रु १ करोड बजेट विनियोजन भएको मन्त्री थापाका स्वकीय सचिवालय सदस्य पुनले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!