खड्गबहादुर विश्वकर्माविरुद्ध पक्राउ पूर्जी जारी

SHARE:

काठमाडौ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत भोजपुर र संखुवासभाको छुट्टाछुट्टै आदेशअनुसार जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ पूर्जी टाँसेको हो। प्रहरीले प्रकाण्डको कालिकोट माल्कोटमा रहेको घरनजिकै एक विद्यालयमा बिहीबार पक्राउ पूर्जी टाँसेको स्थानीयवासीले जनाएका छन्।

सरकारले गठन गरेको वार्ता टोलीको समय अवधि सकिएलगत्तै प्रहरीले प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसेको हो। प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरले बम विष्फोट गराई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत संखुवासभाले बम विष्फोट संगठित अपराध गरेको अभियोगमा पक्राउ पूर्जी जारी गरेको छ। भोजपुर जिल्ला अदालतले मंसिर ८ गते र संखुवासभा जिल्ला अदालतले कात्तिक १६ गते पक्राउ पूर्जी जारी गरेको छ। यसअघि प्रकाण्ड चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ गरी झण्डै ५० दिनपछि छुटेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!