किरात राई यायोक्खा बेलायतले मनायो २०औं स्थापना दिवस, गायक विनोद सम्मानित
लन्डन ७ अप्रिल २०२४ । किरात राई यायोक्खा बेलायतले २०औं स्थापना दिवस मनाएको छ । शनिबार ६ अप्रिलमा किरात राई हाउस ग्याम्बल्स लेन वकिङ्मा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाइएको हो ।


