कोरियाली मिलनले दिएको सन्देश

SHARE:

खिम घले

केही महिना अघिसम्म दक्षिण कोरियाका राष्टपति मुनजाइइन बेला बेला आँखा मिच्दै आफ्नो सुरक्षा परिषद्को बैठकमा कुद्नु पथ्र्यो । अनि उत्तर कोरियाको संभावित आक्रमण र त्यसको प्रतिरक्षाको लागि लामो लामो बैठकमा बिताउनु पथ्र्यो । त्यतिले मात्र नपुगेर संयुक्त रणनीतिका लागि अमेरिकी राष्टपति, जापानी प्रधानमन्त्रीदेखि चिनियाँ राष्टपतिसँगको फोन संवादमा व्यस्त हुने गर्दथे ।
तर, शुक्रबारको दृष्य फरक देखियो । हो, जो प्रतिउनी बेलाबखत झस्किने गरेका थिए । उत्तर कोरियाका सर्वोच्च नेता किम जं उन, उनी नै उनको अतिथिको रुपमा बार्ता गर्न आएका थिए । सौहर्दतापूर्ण ढंगले उनीहरुबीच छलफल मात्र भएन, तिनै व्यक्तिले इनसँग गरेको एउटा प्रतिबद्धता गज्जवको छ । उत्तरका नेताकिमले मुनसँगको संयुक्त पत्रकार सम्मेलनमा ठट्यौलीको पारामा भने, हामीले तपाईंलाई कति दिन सबेरै उठेर सुरक्षा परिषद्को बैठकमा कुदायौं । मबाचा गर्छु, अब तपाई त्यसरी सखरै सुरक्षा परिषद्कौ बैठकमा दौडनु पर्ने छैन ।

कोरियाली शिखर सम्मेलनको पृष्ठभूमि
केही महिना अघिसम्म उत्तर कोरिया संसारका लागि संत्रास थियो । उनी एक पछि अर्को व्यलेष्टिक मिसाइल परीक्षण गर्थे । त्यो मिसाइल दक्षिण कोरिया र जापानको भूमि र समुद्र भएर जाने गर्दथ्यो । यसले जुन सुकै बेला पनि हुन सक्ने भिडन्तले दक्षिण कोरिया मात्र होइन, जापान पनि त्रस्त थियो ।

कुरा यतिमा सिमित थिएन । केही महिनायता उसले परीक्षण गरेको व्यलेष्टिक मिसाइलहरु अमेरिकाको कुनै पनि भूभागमा पुग्न सक्ने लामो दुरीको भएको दावी गरिरहेको थियो । उसले हाइडोजन र परमाणु बमको पनि पटक पटक परीक्षण गरिरहेको थियो । उसको भनाई हुने गर्दथ्यो, दक्षिण कोरिया, जापानलगायतका देशहरुको कुरा त छाडौं, हामी अमेरिकाको जुनसुकै कुनामा पनि परमाणु वम पड्काउन सक्छौं ।

उनको यो भनाई अमेरिकीहरुलाई पनिझस्कायो । अमेरिकाले आफ्नो भूमिको सुरक्षाका लागि मिसाइल डिफेन्स सिस्टमको थप तैनाथी त गर्यो नै जुन सुकै बेला हुनसक्ने सैन्य कारवाहीको लागि दक्षिण कोरियाली सीमामा पनि नयाँ मिसाइल डिफेन्स सिस्टमलाई तयारी हालतमा तैनाथी गरियो । अमेरिकी अधिकारीहरुकै भनाईमा अझ पनि ढुक्क हुन सकिने अवस्थाथिएन, तिमिसाइन डिफेन्स सिष्टमको पनि सय प्रतिशत एकुरेसी हुँदैन ।

अनि अर्कोतिर उत्तर कोरियाले इरान र म्यानमारसलाई व्यालेष्टिक मिसाइन प्रविधि बेचेको आशंका गरियो । बाँकी संसारको लागि यो ज्यादै खतरानाक बनेको थियो । त्यसैले उत्तर माथि सैन्य कारवाहीको धम्कीदिएपनि सकेसम्म गैरसैनिक माध्यमबाट धेरैभन्दा धेरै दवावदिने योजनाबन्यो । त्यसकालागिचीनलाई मनाउनु थियो । अमेरिकालगायतकाबाँकी संसारले यसकालागिचीनलाई दवावदिनथाल्यो । पछिल्लो समयको मिसाइलको लगातार परीक्षणले चीनलाई पनिअजितबनाएको थियो । त्यसैले चीनपनिउसको यस प्रकारको गतिविधिमाकाँधथाप्न सक्ने अवस्थामा थिएन ।

चीनको स्वार्थ
उत्तर कोरियाको एक मात्र सहयोगी देशको रुपमा रहेको छ चीन । बाँकीविश्वसंग टाढिएपनि चीनकै आर्थिक, भौतिकतथा सामरिक सहायताकाकारण उत्तर टिकेको हो । बेला बेलाभोकामरी लागि रहने उत्तर कोरियालाई चीनले नै खाद्यन्न सहायतागर्दै आएको छ ।

उत्तर कोरियाको करिव ९० प्रतिशतव्यापार चीनसंगै हुन्छ । उसले निर्यात गर्ने ठूलो काइलाको ठूलो मात्रचीनले निर्यात गर्छभने उसलाई आवश्यकखाद्यन्नदेखि सबै सामाग्रीहरु चीनबाट नै किन्छ । त्यतिमात्रहोइन, चीनकै कारण अमेरिकालगायतका देशहरुले उसलाई आक्रमण गर्न सकेको छैन ।

तर, पछिल्लो समय चीनको यो छातामा विस्तारै प्वाल पर्न थालेको थियो । रकेटम्यानको समेत उपमापाएको किमजों उनको शासन सुरु भएपछिउसले लगातार मिसाइल परीक्षण गर्यो, हाइडोजन वम र परमाणु वम परीक्षण गर्यो । यसले बाँकी विश्वबाट मात्रआफु एक्लिएन, सबैभन्दा निकट सहयोगीको रुपमाचीनलाई समेत दवाव बढ्न थाल्यो ।

अमेरिकालगायतका देशहरुलाई आक्रमणको धम्कीदिनथालेपछि पश्चिमा, दक्षिण कोरिया र जापानले एकतिर आवश्यक परेमा युद्धका लागि सैनिकतयारी बढाए भने अर्कोतिर चीनमाथिदवाव बढाउन थाले । उत्तरसंग सम्बन्धकायम राखेको रुसलाई पनिउनीहरुले दवावमा राख्नथाले ।

अमेरिकालगायतका देशहरुलाई थाहाभएको कुरा सैन्य कारवाही सबैभन्दा खराबविकल्पहो भन्ने कुरा थाहाथियो भने चीनलाई जुनसुकै बेला सैन्य मुठभेड हुन सक्ने आशंका । यहीसिलसिलामा यो विषयलाई समेत जोडेर अमेरिकाले चिनियाँउत्पादनहरुमा कर बृद्धि गर्न थालिसकेको छ । निर्यात भन्दा आयातमा अत्याधिक निर्भर रहेको चिनियाँ अर्थतन्त्रको लागि यो जोखिमको समय हो । अझविश्वमै सबैभन्दा धेरै उपभोग गर्ने अमेरिकीबजार खोसिनु भनेको उसको लागि सबैभन्दा अप्ठ्यारो परिस्थिती थियो ।

पछिल्लो समय चिनियाँ डिप्लोमेसीको प्रमुख हिस्सा भनेकै व्यापार हो । चीनलाई हिन्दू सिद्धान्त अनुसार बैश्यभन्दअत्युक्तिहुँदैन । त्यसैले गर्दा उसले आफ्नो व्यापारलाई पहिलो प्राथमिकतामा राख्छ, नकी युद्धलाई । यसैले गर्दा बिस्तारै चीनले उत्तर कोरियालाई कस्दै लगेको बुझ्न सकिन्छ । उसले विश्व सामु उत्तरसंग कोइलानकिनेको समेत बताउँदै आएको थियो । यहीसिलसिलामा अघिल्लो महिनाउत्तर कोरियाका नेताकिमचीनको भ्रमणमा आए । उनको भाषा फेरिंदै गयो ।
चीनको भ्रमण पछि किमको दक्षिण कोरियासंगको शान्तिबार्तामाहतारिएको जस्तो देखियो । उसले अमेरिकी राष्टपति डोनल्ड टम्पसंग गर्ने भनेको बार्तालाई पनिप्राथमितामा राख्यो । यसैको सिलसिलाथियो शुक्रबार भएको दुई कोरियाली नेताको भेट र शीखर वार्ता ।

शिखर वार्ताका झलकहरु
उत्तर कोरियाका नेताले दक्षिणको भ्रमण गरेको यो ६५ वर्ष पछि हो । सन् १९५३ मा दुई कोरियाबीचको युद्ध रोकियो तर उनीहरुबीचनत युद्ध विराम या शान्ति सम्झौता नै भयो । आआफु बसेको ठाउँलाई कब्जागर्यो र देश बनायो । त्यसैले दुई कोरियाबीचको युद्ध सकिएकै थिएन । दुई देश व्यवहारिक रुपमा युद्धमा नभएपनिप्राविधिक रुपमा युद्धमै रहेको बताउने गरिन्छ ।

तर, शिखर बार्तामाजुनखालको सौहर्दतादुई नेताले प्रकट गरे यसले शुभ संकेत गरेको छ । यसमा दक्षिणका राष्टपति मुनलाई संसारले चिनेकै थिए । उनीउत्तरसंग सुलाहको प्रयासमाथिए । उनीदुई कोरियाबीच युद्ध होइन, शान्तिको पक्षमा सुरुदेखि नै थिए । उनलाई परिपक्क मानेका थिए विश्वले । तर, उत्तरकाकिमलाई अघिल्लो महिनाचीनगएको बाहेक अरु कुनै पनि देश गएका छैनन्, कोही नेतासंग भेटेकाथिएनन्, उनले भेटेको पश्चिमा मुलुकका ठूला व्यक्तिभनेका अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख हुन् ।

यस्तो अवस्थामा धेरैको चासो संसारकै सबैभन्दागोप्य नेताको एटिच्यूट कस्तो होलाभन्ने चासो थियो । तर, उनीजुन रुपमा प्रस्तुतभए, जुनखालकाअभिव्यक्तिहरु दिएयसले विश्वलाई उनको वाकपटुता, भद्रता र कुटनीतिक सुझबुझ देखे ।
उनीउत्तरको ससिमा क्षेत्रबाट एक्लै दक्षिणका राष्टपतिले पर्खिरहेको ठाउँमा आए । आफ्नै क्षेत्रबाट हातमिलाए । दक्षिणको भूभागमाआएअनिफोटो खिचाए । दक्षिणका राष्टपतिले आत्मिय रुपमा जिज्ञासा राखे, तपाई त दक्षिणमा आउनु भयो, मैले उत्तरको भ्रमण कहिले गर्न पाउँछु ?किमले आफ्नो दक्षिणका समकक्षीको प्रश्नभूइमाखस्ननपाउँदै उनदाई डोहोर्याएर उत्तरको भूमिमा लगे उनले भने, आउनुस् यसमा के समस्या छ र । अहिले नै तपाई उत्तरको भूमिमाआउन सक्नु हुन्छ ।
उनले संयुक्तपत्रकार सम्मेलनमाअवतपाईको निद्राविथोल्दिनभनेको कुरा त मैले सुरुमै लेखिसकें । अर्को प्रसंग उनले दिउँसोको खानाखाने बेलामा दक्षिणमा उत्तरको चिसो नुडल्स लोकप्रियहुँदै गएको प्रसंग निकालेर चकित बनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!