बेलायत । मगर संघ यूकेको आयोजनामा विशेष ‘च्यारिटी गाला नाइट’ कार्यक्रम आयोजना हुने भएको छ। आगामी नोभेम्बर २८, २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा उक्त च्यारिटी साँझ तय गरिएको छ। कार्यक्रम दिउँसो ३:३० बजे सुरु हुनेछ।
कार्यक्रममा डा. हरि बुढा मगर (एमबिई) प्रमुख अतिथिका रूपमा रहनेछन् भने भारतीय सेनाका पूर्वकर्णेल बलबहादुर पुन विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। विशेष अतिथि कर्णेल पुन ‘सेना मेडल’ र ‘युद्ध सेवा मेडल’ बाट विभूषित व्यक्तित्व हुन्।
आयोजक संस्था मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) लगायत कार्यसमितिले उक्त च्यारिटी साँझमा सहभागी भइदिन सम्पूर्ण बेलायतवासी मगरहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रममा नेपालबाट बेलायत आएका लोकप्रिय तथा चर्चित कलाकारहरू विमता घर्ती मगर र सपना गाहा मगर लगायत स्थानीय कलाकारहरूले मनोरञ्जन प्रदान गर्नेछन्।






