एटा संवाददाता
लन्डन । बेलायतमा नेपालीहरु बढे सँगसँगै नेपाली गीत, संगीतसमेत मौलाउँदै गएको छ । पछिल्लो समय नेपाली समुदाय बेलायतलाई केन्द्रित बनाएर नेपाली चलचित्रहरु निर्माण भएका छन् भने थुप्रै भिडियो गीतसमेत छायांकन भइरहेको छ । सोही क्रममा नृत्य निर्देशक प्रभू गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेको ‘नजरमा लुकाउँ कि, अध्याँरोमा सजाउँ कि’ बोलको भिडियो गीत हालै सार्वजनिक भएको छ । सर्बेन्द्र अधिकारीको रचना र स्वर रहेको सो गीतमा सञ्जय कँडेल र निरु कोइरालाले अभिनय गरेका छन् ।
त्यस्तै, सुनिल राईको संगीत, गुणदेव घिमिरेले छायांकन र नविन निरौलाले सम्पानदन गरेका छन् । साथै, निकोप्रताप गुरुङले ड्रोन प्रयोग र विनोद भुजेलले एरेन्जरको भूमिका खेलेका छन् । बेलायतका अति रमणीय दृश्यहरु समावेश गरिएको गीत युट्युमा ३२ हजार भन्दा बढीले हेरिसकेका छन् ।






