बेलायतको अल्डरसट सहरमा श्री लक्की ज्वेलरीको तेस्रो शाखा उद्घाटन

SHARE:

अल्डरसट । बेलायतमा प्रसिद्ध ज्वेलरी कम्पनी श्री लक्की ज्वेलरी ग्रुपले आफ्नो तेस्रो शाखा ‘मिनी नेपाल’को रुपमा चिनिने अल्डरसट सहरमा सञ्चालनमा ल्याएको छ।

श्री लक्की ज्वेलरी ग्रुपका प्रबन्ध निर्देशक मेजर योगेश कोयी राईले शनिबार १७ अक्टोबर २०२६ का दिन नयाँ शाखाको उद्घाटन गरेका हुन् । यस ग्रुपको पहिलो शाखा पनि अल्डरसट सहरमै सञ्चालित छ भने दोस्रो शाखा ननिटन सहरमा रहेको छ ।

उद्धघाटन कार्यक्रम अल्डरसट सहर वरिपरि पाइपर बजाउँदै परिक्रमा गरेर पसललाई मेजर राई स्वयमले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा डा.सुमाया राई, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, जीआरएनसी यूकेकी अध्यक्ष लिला सेलिङ माबो, समाजसेवी तथा काउन्सिलर धनबहादुर सार्की, समाजसेवी चन्द्र सुन्दास, तारा फिल्मकी नायिका श्यामा श्री शेर्पा, पाँचथर समाज सेवा यूकेका अध्यक्ष तथा एभरेष्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङ, मेजर राईकी पत्नी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

उपस्थित सबैले व्यवसायी मेजर राईलाई खादा ओडाइ बधाइ तथा शुभकामना दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षसमेत रहेका मेजर राईले कार्यक्रम उपस्थित सबैमा धन्यवाद दिए । उनले आफ्नो पसलमा विभिन्न खालका गहनासम्बन्धी सेवा सहज र सुपथ मूल्यमा प्रदान गरिने बताए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!