सलमान खान सिनेमाबाट जति चर्चा बटुल्छन्, उतिनै चर्चा प्रेमबाट पनि बटुल्छन् । सोमी अलीदेखि लिएर संगीता बिजलानीसम्म र ऐश्वर्या रायदेखि लिएर क्याटरिना कैफसम्मका सुन्दरीसँग सलमानको प्रेम रह्यो ।
उनका यी प्रेम सम्बन्धहरू जति नै विवादमा आएपनि उनीहरूसँगको मित्रवत सम्बन्धलाई उनले सँधै महत्व दिदैं आएका छन् । हालै सलमान ‘नच बलिए’को ९ औं संस्करणको प्रिमियरमा देखिए । यस शोमा जोडी तथा पूर्व स्टारहरूको जोडी सहभागी छन् । शोमा उर्वशी ढोलकिया तथा अनुज सचदेवाले ‘एक्स–कपल’का रूपमा सहभागिता जनाइरहेका छन् । यो जोडीसँग सलमानले कुरा गरे ।
उनीहरूसँग कुरा गर्दै सलमानले ‘यो सुन्दर कुरा हो, तपाईंहरू दुबै जना पुर्व प्रेमीप्रेमिका हो तर पनि तपाईंहरूबीच राम्रो छ’ भने । सलमान यस शोका निर्माता पनि हुन् । ‘घृणा गर्नका लागि यो जीवन लामो छ । कुनै कारणले जीवनमा तपाईंहरू छुट्टिनुभएको भए पनि पुनः एकसाथ आउन सक्नुहुन्छ । तपाईंहरू साथी बन्न सक्नुहुन्छ र काम गर्न सक्नुहुन्छ’, सलमानले शोमा भने । सलमानले प्रेमिकाहरूसँग विछोड भोगे पनि पर्दाखेरिमा उनीहरूको सहयोगका लागि सँधै आउने गरेका छन् । उनी ऐश्वर्याबाहेकका आफ्ना पूर्वप्रेमिकाहरूसँग निरन्तर सम्पर्कमा छन् र उनीहरूलाई पर्दा सहयोग गर्छन् । क्याटरिनाले उनीसँग ब्रेकअपपछि अभिनेता रणवीर कपुरसँग सम्बन्धमा रहिन् ।
यो सम्बन्धले पनि विराम पायो । रणविरसँग सम्बन्धमा हुँदा क्याटरिनाका केहि सिनेमाले काम गरेनन् । यस समयमा सलमान उनलाई सहयोग गरे ।
हालैमात्र उनले क्याटरिनासँग ‘भारत’ सिनेमामा काम गर्नु यसको उदाहरण हो । यस्तै केहि दिन अगाडी क्याटरिनाको जन्मदिनमा उनले आफ्नो फेसबुक तथा ट्वीटरमा क्याटरिना र आफू सवार बाइकको एक फोटो पोस्ट गर्दै क्याटरिनालाई जन्मदिनको बधाई दिए ।
प्रेम छुटेपनि साथी बनेर साथ दिन उनले छाडेका छैनन् । सलमान हाल ‘दंबग ३’ तथा संजय लिला भन्सालीको निर्देशन रहेको ‘इन्शाल्लाह’मा व्यस्त रहेका छन् ।
पूर्वप्रेमिकाहरू प्रतिको उनको यो रवैयाले उनीप्रति जोकोहीलाई नतमस्तक नै बनाउँछ ।






