चलचित्र निर्देशक, गोर्खा बिनिथ दि ब्रेभरी

बेलायतको सुरक्षामा ब्रिटिस गोर्खाज् आर्मीले विशेष भूमिका खेल्दै आएको छ । प्रथम र दोस्रो विश्वयुद्धको क्रममा गोर्खा आर्मीले देखाएको अदम्य साहसकै कारण १३ जना गोर्खाजहरुले बेलायती सेनाको उच्च तहको पदवी भिक्टोरिया क्रस (भीसी) पाउन सफल भए । तिनै १३ जना गोर्खाजहरुमध्ये सबभन्दा पहिला भीसी पाउने कुलवीर थापा हुन् । उनले ३६ घण्टासम्म युद्धको सामना गरेका थिए । उनकै इतिहासमा बन्न लागेको ‘गोर्खा बिनिथ दि ब्रेभरी’ फिचर फिल्म सन्दर्भमा चलचित्र निर्देशक प्रदीप शाहीसँग एभरेस्ट टाइम्सका मधुकर गुरुङले गरेको छोटो कुराकानी ।
नयाँ कुन कथावस्तुमा फिल्म बनाउँदै हुनुहुन्छ ?
पहिलोपटक हामी इतिहास रच्दै फिचर फिल्म बनाउँदैछौं । यो फिल्मको कथामा पहिलोपटक गोर्खा आर्मीहरुमा भिक्टोरिया क्रस जितेको महानुभाव हुनुहुन्छ कुलवीर थापा । उहाँले ३६ घण्टा संघर्ष गरेका थिए । उनले प्रथम विश्वयुद्धमा ३ जना मान्छेको ज्यान बचाउनुभएको थियो । ती मान्छेहरुलाई रिकजनाइज गरेर उहाँले भिक्टोरिया क्रस जित्नुभएको थियो ।
उहाँले कसरी भीसी प्राप्त गर्नुभयो भनेर फिल्म बनाउनु लाग्नुभएको हो ?
उहाँले ३६ घण्टा गरेको संघर्षलाई लिएर हामीले ९० मिनेटको फिचरमा उतारेर देखाउन लागेका हौं ।
यस्तो चलचित्र निर्माणको लागि प्रेरणा कहाँबाट जाग्यो ?
अहिले यो प्रोजेक्ट गर्छु भन्ने सोचेको पनि थिइनँ । आफू बनिसकेपछि वा नाम चलिसकेपछि गरौंला भन्ने सोचाइमा थिएँ । तर, साढे तीन वर्षअघि म लन्डनतिर सरेँ । पहिलो पटक देखेँ कि हाम्रा भूपू गोर्खाहरु प्लमस्टिडतिर कत्ति दुःख गरेर बस्नुहुँदोरहेछ । परिवारका लागि त्यत्रो दुःख गर्ने, लड्ने । तर बुढेसकालमा आएर दुःख पाएको देखेर मेरो जेनेरेसनले उहाँहरुलाई कम्युनिटीमा सेटल गर्न सकेनौं भने कसले गर्छ ? प्रेरणा अहिलेका वृद्धवृद्धाहरुको दुःख देखेर नै हो । उहाँहरुलाई दुःख नहोस्, उहाँहरुको सम्मान होस् ।
यो भन्दा पहिले चलचित्र बनाउनुभएको थियो ?
म सर्ट फिल्मबाट आएको हुँ । अवार्ड पनि जितेको छु । यतै पढेर यतै फोकस भएँ ।
कुन व्यानरमा बन्दैछ ?
साइफोन्स व्यानरमा यो चलचित्र बन्दैछ । साइफोन्स भन्ने एउटा कम्पनी छ । यसका लागि फन्ड राइजिङ पब्लिकबाट गर्दैछौं । बढीमा १० हजार पाउन्ड उठाउन खोजिरहेका छौं । अफगानिस्तान क्याम्पेयन जान्छौं । त्यसलाई १५ हजार पाउन्ड उठाउन खोजिरहेका छौं । २५ हजार पाउन्डस् उठाएर फिल्म बनाउनेछौं । म र सबै टिमले भोलिन्टेयर बेसमा काम गर्नेछौं । फिल्मको नाफा गोर्खा वेलफेयर ट्रष्टलाई दिने हामीले अफिसियल्ली इन्टिड्युस गरिसकेका छौं । त्यसैले यो प्रोजेक्टमा हामीलाई गोर्खा वेलफेयर ट्रष्टले सहयोग पनि गर्ने भएको छ ।
यो चलचित्रको लागत कति अनुमान छ ?
नर्मल्ली फिचर फिल्मका लागि २५ हजार पाउन्ड भनेको एकदमै थोरै पैसा हो । २५ हजारले रियल लाइफमा कति डिफेरेन्ड गर्न सकिन्छ र ! हामी तीन, चारवटा रोल गर्छौं । एकदमै इफिसेन्ट तरिकाले २५ हजारमा गराउन सक्छौं भन्ने हाम्रो आशा छ । तर, हामीले जति थोरै पैसामा बनाउन सक्यौं, त्यत्ति प्रोफिट मार्जिन धेरै हुन्छ । त्यो सबै गोर्खा वेलफेयर ट्रष्टलाई दिन सक्छौं ।
प्रि प्रोडक्सन तयारी भइसक्यो ?
स्क्रिप्ट लेख्ने काम भइरहेको छ । स्क्रिप्ट म आपैंmले लेखिरहेको छु । फोटोग्राफीको डेट अक्टोबरमा तोकेका छौं ।
कास्टिङहरु भइसक्यो ?
कास्टिङहरु भइसक्यो । गोर्खा आर्मीसँग कुरा गरेर लोकेसन तय गर्नेछौं ।
कुन क्यामरा प्रयोग गर्नुहुन्छ ?
सोनी क्यामरा छ हामीसँग । फन्ड राईजिङ राम्रो भयो भने विभिन्न गुणस्तरका क्यामरा प्रयोग गर्नेछौं । राम्रा क्यामरा म्यानको प्रयोग पनि हुनेछ ।
को को कलाकार रहने छन् ?
कुलवीर थापाको भूमिकामा योङ कुलवीर थापा समीर गुरुङले खेल्नुहुनेछ । बाजेबज्यैहरु पनि देखाउनुपर्ने भएकोले गौमाया गुरुङ पनि कलाकारकारै रुपमा आउनुहुनेछ । अन्य कलाकारहरु रहनेछन् । प्रायः कलाकारहरु नयाँ अनुहारका हुने छन् ।
चलचित्र निर्माण भइसकेपछि कहाँ कहाँ लाने सोच बनाउनुभएको छ ?
डेब्यू फिल्मको पहिलो च्यारिटी कार्यक्रम हुनेछ । वितरण विश्वभर गर्ने सोच छ । पहिलो प्लान, फिल्म फेस्टिभल गर्न चाहन्छौं । स्पेनिङ गर्ने र पैसा तिरेर हेराउने र्छौं ।
कुन भाषामा हुनेछ यो फिल्म ?
हामी गोर्खालीको बारे चिनाउनुपर्ने भएकोले यो अंग्रेजीमा हुनेछ । तर, सवटाइटल र केही डाइलग नेपालीमा पनि हुनेछ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
चलचित्र निर्माणमा आर्थिक पक्षले महत्वपूर्ण भूमिका खेल्छ । चलचित्र निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यही २८ जुलाई आइतबार अल्डरसटस्थित डिलाउन्समा च्यारिटी कार्यक्रम आयोजना गरिएको छ । सोही कार्यक्रममा सहभागी भइ चलचित्र निर्माणमा सहयोग पुर्याइदिनुहुन सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गर्न चाहन्छु ।






